गुल्मिको बिरवासमा माइक्रो बस दुर्घटना।

रिडि, कार्तिक,१३। बुटवल बाट तम्घास जाँदै गरेको माइक्रो बस गुल्मी दर्बार गाउँ पालिका वार्ड नम्बर ४ बिर्बासमा केहि बेर अघि दुर्घटनामा परेको छ। दुर्घटनामा परि ७ को मृत्यु तथा ६ जना घाइते भएको छ। बुटवल काउन्टरबाट १३ जना लिएर हिडेको बा ४ ख ५५०१ नम्बरको बस बिपरित दिशाबाट आएको बस संग ठोक्किएर दुर्घटनामा परेको हो।

अपडेट: दुर्घटना भएको स्थान बिरबास बजार र बन्द्रखुट्टाको बिचमा पर्ने कुसेंद्रो फाल्ने भन्ने थुन रहेको जानकारी स्थानीय सन्तोष शर्माले बताउनु भएको छ। दुर्घटनामा घाइते बस मालिक माधब पोख्रेललाइ लिएर पाल्पा जाँदै गरेको उहाँले बताउनु भयो। बिपरित दिशाबाट आएको जिपसंग छेउमा परेको र जिपले ठक्कर दिदा भीरबाट तल खसेको मालिक पोख्रेलले बताउनु भएको छ। घाइते तथा मृतकको पहिचान अझै खुल्न सकेको छैन, प्रहरीले अप्ठेरो भिर बाट उद्द्वर कार्यमै रहेकोले सनाखत गर्न नभ्याएको भनिएको छ।

अपडेट: पछिल्लो जानकारी अनुसार भिरमै ७ जना घाइते फेला परेका छन्। ७ जना मध्ये ३ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र घाइते सबैलाई उपचारको लागि पाल्पा पठाईएको छ। नेपाली सेना, शशस्त्र प्रहरी, जनपद प्रहरी लगायत स्थानीयले मिलेर उद्वार गरिरहेको जानकारी प्राप्त भएको छ। बस अझै पनि नदेखिएको भनिएको छ।

अपडेट: भर्खरै प्राप्त समाचार अनुसार ६ जनाको दुर्घटनामा परि मृत्यु भैसकेको र शव फेला परेको छ। उक्त शवहरू बाटोबाट तल भिरमा भेटिएको र स्थानीय र प्रहरीले निकालेको जानकारी प्राप्त भएको छ। बस एकदम तल कता छ भन्ने नै नदेखिएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ।

बस बाटोबाट निकै तल खसेको र बस कहाँ निर छ भनेर नदेखिने स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

गुल्मी न्युजडटकम

तपाईको प्रतिक्रिया दिनुहोस्