UK मा रहेका नेपालीहरु द्वारा सर्भाइकल डिस्टोनिया पिडित अर्जुन गौतम लाई आर्थिक सहयोग

रिडि, कार्तिक१६। गुल्मी रिडिका सर्भाइकल डिस्टोनिया पिडित अर्जुन गौतमको उपचार सहयोग स्वरुप रिडि बाट UK मा रहदै आउनु भएका नेपालिहरु बाट ६७ हजार ७ सय ७२ रुपैया उपलब्ध गराइएको छ। uk मा रहदै आउनु भएकि राजु मल्लको नेतृत्वमा गरिएको आर्थिक संकलनको क्रममा उक्त रकम जम्मा भएको हो। रिडिका युवा अर्जुन गौतम बिगत ३० महिना देखि सर्भाइकल डिस्टोनियाका कारण उनको घाँटीको मांस्पेसी जमेको र टाउको दायाँ बायाँ गर्न नमिली घाँटि बाँङ्गिएको छ। यसको उपचार नेपालमा संभव नभएको र भारत गइ उपचार गर्न पर्ने तर यसको लागि उनको अर्थिक अवस्था कमजोर रहेका कारण विभिन्न ब्यक्तिहरु बाट सहयोग संकलन भइरहेको छ।
(तस्बिरमा डिस्टोनिया पिडित गौतम लाई संकलित रकम हस्तान्तरण गर्दै रुरु नेटवर्कका संचालक सुन्दर कसजू)

सहयोग दाताहरु को नाम तथा रकम यसप्रकार छ:

चन्द्र गुरुङ uk: १३६००/
राजेश निर्जु श्रेष्ठ, usa: १००००/
नाम नखुलाउने ब्यक्ती uk: १००००/
मोति/ सुशिला भण्डारी uk: ६८००/
समीर श्रेष्ठ uk: ५७१२/
अनुप प्रताप राणा uk : ४०८०/
जगदिश चन्द्र शाह uk : ३७००/
नरेश श्रेष्ठ ktm: ३०००/
अन्नपूर्ण गुरुङ uk: २०४०/
सृजना बञ्जाडे uk: २०४०/
कृष्ण सीता श्रेष्ठ uk: २०४०/
सिता भण्डारी त्रिपाठि Uk: २०४०/
सर्जु श्रेष्ठ uk : १३६०/
सिङ प्रताप जबरा uk: १३६०/

तपाईको प्रतिक्रिया दिनुहोस्