fbpx

रिडिका युवा बिकल पौडेल बेलारुसमा हुने ७ औं अन्तरास्ट्रिय बिश्व तेक्वान्दो प्रतियोगितामा सहभागी हुँदै।

रिडि, कार्तिक२०। यहि २९ नोभेम्बरमा बेलारुसमा हुन गइरहेको ७ औं अन्तरास्ट्रिय बिश्वो तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै गुल्मी रिडिका युवा बिकल पौडेल सहभागी हुने भएका छन। नेपालको राष्ट्रिय स्तरका तेक्वान्दो खेलाडीमा गनिएका बिकलको यो तेश्रो अन्तरास्ट्रिय स्तरको सहभागिता हो। यस अघि उनले दक्षिण एशियाली स्तरको अन्तर्राष्ट्रिय खेलमा सहभागी भइ गोल्ड मेडल तथा राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा मेडल प्राप्त गरिसकेका छन। २२ बर्षका युवा पौडेलले आफुले गोल्ड मेडल जितेर देश र आफ्नो ठाउँको नाम उच्च राख्ने धोको रहेको बताएका छन । प्रतियोगितामा सहभागी हुन बेलारुस जाने भए पछि उनले विभिन्न संघ संस्थाहरु संग आर्थिक सहयोगका लागि समेत अपिल गरेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्