धिरजको मृगौला प्रत्यारोपणको सफलताले रुरु नेटवर्कको अभियान लाई बनायो सफल।

रिडि, पौष १६। रुरु नेटवर्क मार्फत मृगौला पिडित धिरज श्रेष्ठका लागि संचालित धिरज श्रेष्ठ बचाउ अभियानले सफलता हासिल गरेको छ। दुबै मृगौला फेल भइ नियमित उपचारमा रहेका रिडिका युवा धिरज श्रेष्ठको सफलता पुर्वक मिर्गौला प्रत्यारोपण भएको छ। केही दिन अघि भारतको फरिदावादको एउटा अस्पतालमा उनको सफलता पुर्वज मृगौला प्रत्यारोपण भएको हो। प्रत्यारोपण पछि उनको अहिले स्वस्थ स्थिति निकै सुध्रित हुँदै गइरहेको छ। धिरज श्रेष्ठको दुबै मृगौला फेल भए पछि बिगत केही वर्ष देखि काठमाडौं स्थित सुमेरु अस्पतालमा डाइलासिस उपचार गराउदै आएका श्रेष्ठ लाइ आर्थिक अभाव हुदा मृगौला प्रत्यरोपणमा समस्या भएको थियो। उनको उपचारका लागि भएको आर्थिक समस्या लाई सम्बोधन गर्न केही महिना अघि रुरु नेटवर्क मार्फत धिरज श्रेष्ठ बचाउ अभियान संचालन गरि १२ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराइएको थियो।

उनको उपचारको सफलताले रुरु नेटवर्क टिम लाई गौरवान्वित बनाएको छ। अभियान लाई सफल बनाइदिने देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण दाताहरु प्रती हामी बिशेष आभार ब्यक्त गर्दछौ। साथै पिडित धिरज श्रेष्ठको शिघ्र स्वस्थ लाभको कामना गर्दै धेरै धेरै बधाइ ज्ञापन गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्