fbpx

काठमाडौंमा सलमान खानको दबंग टुर

काठमाडौं : टुबोर्गले भारतीय सुपरस्टार सलमान खानको दबंग टुर मार्च १० मा टुँडिखेलमा आयोजना गर्ने भएको छ । नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको दबंग टुरमा सलमानसहित अन्य कलाकार सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति सेनका साथै टेलभिनजकर्मी मनीष पाउल उपस्थित हुने भएका छन् । पाँच दर्जन कलाकारको मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम हुने जानकारी सोहेल इन्टरटेनमेन्ट एन्ड जेए इभेन्टस र नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेनमेन्टले जानकारी दिएको छ ।
इभेन्टमा सलमानलगायत अन्य कलाकार बस्ने होटेल र कार्यक्रम प्रस्तुत गर्ने भेन्युको अवलोकन गर्न जेए इभेन्टस्का तर्फबाट डाइरेक्टर जोडी पटेल र आदिल जग्मागिया मंगलबार काठमाडौंमा आइपुगेका छन् । यसका साथै सलमानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने र सगरमाथा बेस क्याम्पस्थित होटेल एभरेस्टमा खाजा नास्ता गर्ने तालिका छ ।
गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर वैभब शर्माले भने, ‘टुबोर्गले सधंै म्युजिक र फनका लागि सहकार्य गर्दै आइरहेको छ । हामीले आफ्ना ग्राहकलाई ताजगी दिन तथा अकर्षण गर्न सलमानसहित दबंग टुर काठमाडौं ल्याउन लागेका हौं । म्युजिकको साथमा हामीले आफ्नो ब्रान्डको इमेज बिल्डिङ हुने योजना बनाइरहेका छौं । टुबोर्ग भनेको म्युजिकको बेस्ट फ्रेज्ड हो र हामी एकसाथ रहुन्जेल यो बेस्ट रहिरहन्छ ।’
टुबोर्गको म्युजिकमा सधैं मुख्य देन रहँदै अएको छ । विगत २० वर्षदेखि म्युजिकपारखीलाई टुबोर्गले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएको छ । ब्रायन एडम्सको लाइभ म्युजिकदेखि साइलेन्स फेस्टिभल, टुबोर्ग इमेज अवार्ड, राष्ट्रियस्तरको म्युजिक कार्यक्रम, टुबोर्ग दोहोरी गीत प्रतियोगिता, टुबोर्ग म्युजिक फिल्म फेस्टिभल गर्दै आएको छ ।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड टुबोर्गको सन् १९९० मा उद्घाटन गरिएको थियो । यसका साथै कम्पनीले सन् १९९५ मा काल्सबर्ग र २००२ मा रोयल डेनिस टुबोर्ग स्ट्रोङलाई पनि भित्र्याएको थियो । उपभोक्ताको आवश्यकतालाई निरन्तर ध्यानमा राख्दै गोरखा ब्रुअरीले सन् २०१४ मा पुल अफ क्यापसहितको नयाँ रूपमा टुबोर्गलाई प्रस्तुत गरेको थियो ।

अन्नपूर्ण पोस्ट बाट

तपाईको प्रतिक्रिया दिनुहोस्