fbpx

दीपिका पादुकोण नेपाल आउने, यस्तो छ कारण !

काठमाडौं । दीपिका पादुकोण नेपाल आउने भएकी छिन् । आगामी मार्च पाँचमा फिल्म छायांकनका लागि दीपिका नेपाल आउने भारतका सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै दीपिकासँगै इफरान खान पनि आउने खवर रहेको बताईएको छ । यो फिल्म छायांकनका लागि नेपालमा आवश्यक सबै तयारी पुरा भैसकेको बताइएको छ । साथै यो फिल्मको छायांकन नेपालबाटै सुरु हुने पनि बताइएको छ ।

फिल्मलाई विशाल भारद्वाजले निर्देशन गर्ने पक्का भएको छ । फिल्मको नाम भने अझै तय भइसकेको छैन । दीपिका र इफरान खानले फिल्म ‘पिकु’ मा दुई बर्ष अघि स्क्रिन शेयर गरेका थिए ।  फेरि उनीहरु विशाल भारद्वाजको फिल्ममा दोहोरिने भएका हुन् ।

पछिल्लो पटक फिल्म ‘पद्यावत’का कारण दीपिका पादुकोण निकै चर्चामा छिन् । यसैबर्ष उनले ब्वाइफ्रेण्ड रणवीर सिंहसँग बिहे गर्ने चर्चा रहेको भारतका सञ्चारमाध्यमले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्