fbpx

गुल्मिको फोक्सिङ मा बागलुङ्गे चेली सृष्टि पुनको धमाका, हास्यकलाकार पुर्खे बा को पनि हास्यात्मक प्रस्तुति ।

केशवराज क्षेत्री | बरेङ
गुल्मिको कालीगण्डकी गाउपालिका फोक्सिङमा मंगलबार सास्कृतिक कार्यक्रम साथै शिव मन्दिरमा भजन कृतन कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ ।

श्री हिमालय सास्कृतिक युवा समाज फोक्सिङ्ले महाशिबरात्रीको अवसर पारि आयोजना गरेको सास्कृतिक कार्यक्रममा बाग्लुङ्गे चेली सृष्टि पुनले आधा दर्जन गीत गाएर गुल्मेली जनतालाइ नचाएकि थिइन भने पुरुसोत्तम भन्डारी पुर्खे बाले विभिन्न बिषयकाे व्यंग्य बिरोध गर्दै हास्यात्मक प्रस्तुति व्यक्त गरेका थिए ।

सास्कृतिक कार्यक्रममा लोक गायक गोबिन्द श्रीस मगर, बिरेन्द्र श्रेष्ठ ले पनि आआफ्नो प्रस्तुती बाट मनोरञ्जन गराएका थिए । त्यस्तै क्लबका कलाकारहरुले नृत्य देखाएर, सयौ संख्यामा मेला हेर्न आएका भक्तजनले नाचेर हाँसेर मनोरञ्जन लिएका थिए ।

महाशिवरात्री को अवसरमा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रम मङगलबार सम्पन्न भएको छ भलिबल फाइनल खेल साथै अन्य कार्यक्रम बुधवार सकिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्