fbpx

दशौं हजार श्रद्धालुले डुबुल्की लगाए रिडि कालिमा।

रिडि, माघ१। हिन्दुहरुको महत्त्वपुर्ण चाढ हरु मध्येको एक पर्व माघे संक्रान्ती पर्व रिडि लगायत देश भरका महत्वोपुर्ण तिर्थ स्थलहरुमा आज धुमधामका साथ मनाइएको छ। हिन्दु धार्मिक मान्यता अनुशार नेपालमा रहेको महत्त्वपूर्ण चार धार्मिक क्षेत्र मध्येको एक मानिने रुरु क्षेत्र रिडिमा आज देश भर बाट माघी मनाउनका लागि दशौ हजारको संख्यामा श्रद्धालुहरु रिडि आएका छन। आजका दिन रिडि आउने श्रद्धालुहरुले बिहानै कालीगण्डकी किनारमा डुबुल्की लगाएर भगवान ऋशिकेशको दर्शन गर्ने गर्दछन।आज बिहानै देखि कालीगण्डकी नदि किनार  डुबुल्की लगाउने श्रद्धालुहरुले भरिभराउ भएको थियो भने ऋशिकेश मन्दिरमा भक्तहरुको ठुलो भिड लागेको थियो। देशभर तथा भारत बाट समेत श्रद्धालुहरु आज रिडि आएका थिए। मेलाकै अबसरमा सयौ भारतिय सन्त महन्तहरु समेत मेलाका लागि रिडि आएका छन।

 

मेला लाई गुल्मी तर्फको भुभागमा रुरु गाउँपालिका तथा पाल्पा तर्फ तानसेन नगरपालिकाले ब्यबस्थित बनाउने प्रयास गरेको छ। मेलाकै अबसरमा तिर्थ यात्रीहरु लाई निशुल्क भन्डाराको ब्यबस्था गरेको छ भने नेपाली सेनाले निशुल्क स्वस्थ शिबिर संचालन गरिरहेको छ। त्यसैगरी मेला स्थल बगर क्षेत्रमा ब्यबसायिक स्टलहरु राखिएको छ भने राडी, पाखी, कम्बल, सुपो, डालो लगायतका घरेलु उत्पादन समेत बिक्रीका लागि राखिएको छ। त्यस्तै तिर्थयात्रीको मनोरन्जनका लागि स्थनिय रुरु फ्रेन्डस क्लब द्वारा बृहद साँस्कृतिक कार्यक्रम राखिनुका साथै बाल उद्यान समेत राखिएको छ।

 

रिडि माघेसंक्रान्ति मेला

तपाईको प्रतिक्रिया दिनुहोस्