fbpx

काठमाडौंको काेटेश्वरबाट चिकित्सककी छाेरीकाे अपहरण, गाैशालाबाट उद्धार

काठमाडौँ माघ ११ 

प्रहरीले प्रसुति गृहमा कार्यरत चिकित्सक बबिता साहकी दुई वर्षीया छाेरीकाे अपहरण भएकाे ७ घण्टापछि सकुशल उद्धार गरेकाे छ।

प्रहरीले गाैशाला तिलगंगामा रहेकाे हाेटल गणेशबाट अपहरणमा परेकी बालिकाकाे उद्धार गरेकाे हाे।

महानगरीय प्रहरी परिसर काठमाडाैंकाे टाेलीले शुक्रबार बिहान अपहरण भएकी बालिकाकाे सकुशल उद्धार  गरेकाे हाे। परिसरका अनुसार धनुषा स्थायी घर भएकी चिकित्सक डाक्टर बविता साहकी छाेरीकाे बिहान साढे ८ बजे अपहरण भएकाे  थियाे। 

अपहरणमा परेकी बालिका सन्दिज्ञा साह

अनुसन्धान अधिकारीका अनुसार डाक्टर बबिता बिहान ८ बजे १० वर्षीय छाेरा र छाेरीलाइ छाेडेर घरबाट निस्किएपछि घटना भएकाे हाे। दाजु र बहिनी खेलिरहेका बेला काेटेश्वर घर बाहिरबाट एकजना अपरचित ब्यक्तिले बालिकालाई लिएर गएका हुन्। 

बालिकाकाे उद्धारमा खटिएका डिएसपी हाेविन्द्र बाेगटीले बालिका सकुशल रहेकाे बताए। उनले अपहरणमा संलग्न मनिषकुमार गुप्ता फरार रहेकाे बताए।

उनका अनुसार अपहरणपछि गुप्ताले जनकपुरमा रहेका बालिकाका बुवा इन्जिनियर सन्ताेष कर्णलाइ फाेन गरेर फिराैती माग भएकाे थियाे। कर्णले त्यसकाे जानकारी तत्काल प्रहरीलाइ गराएका थिए। 

‘बालिकाकाे अपहरणपछि केही रकम फिराैती माग भएकाे हाे, संलग्न ब्यक्ति पीडितका परिचित हुनसक्छन्,‘ डिएसपी बाेगटीले भने ‘अहिले अस्पतालमा बालिकाकाे उपचार भइरहेकाे छ‘। उनका अनुसार बालिकाकाे अवस्था सामान्य छ। चिकित्सकहरूले २४ घण्टा निगरानीमा राख्ने बताएका छन्। 

डिएसपी बाेगटीका अनुसार बालिकालाइ हाेटल परिसरमा छाडेर गुप्ता फरार भएका हुन्। अहिले बालिकाकाे प्रसुति गृहमा उपचार भइरहेकाे छ।  

नेपालखबर

तपाईको प्रतिक्रिया दिनुहोस्