fbpx

रिडिमा पहिलो पल्ट ITF तेक्वान्दो प्रतियोगिता हुने।

रिडि, माघ१४। रिडिमा पहिलो पल्ट बृहद तेक्वान्दो प्रतियोगिता हुने भएको छ। रुरु ITF तेक्वान्दो डोजाङ,रिडि गुल्मिको आयोजनामा आउदो फाल्गुन १६ र १७ ग रिडि बजारको खेल मैदानमा प्रथम रुरुक्षेत्र आमन्त्रित ITF तेक्वान्दो प्रतियोगिता आयोजना हुने बताइएको छ। यस सम्बन्ध लाइ लिएर आज आयोजक द्वारा वडा कार्यलय रिडिमा आयोजित पत्रकार भेटघाट तथा सुझाव संकलन कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा रुरु ITF तेक्वान्दो डोजाङ, रिडिका प्रमुख बिकल पौडेलले प्रतियोगितामा १२ जिल्लाका आमन्त्रित खेलाडीहरु आउने जानकारी दिदै उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि चुनौतीपुर्ण रहेको भन्दै सहयोगका लागि सबैमा अपिल गर्नु भएको छ। प्रतियोगितामा १२ जिल्लाका करिब पांच सय खेलाडिहरु रिडि आउने छन भने उनिहरु लाई निशुल्क खाने तथा बस्ने ब्यबस्था गरिने पौडेलले बताउनु भएको छ।

कार्यक्रममा बोल्दै रुरु गापा वडा न १ का वडाध्यक्ष रामलाल बिकले रिडिमा पहिलो पल्ट आयोजना हुन लागेको उक्त प्रतियोगिता रिडिका लागि अत्यन्तै गर्वको बिषय भएको भन्दै वडा तथा गाउँपालिकाको तर्फ बाट सक्दो सहयोग रहने बताउनु भएको थियो। त्यसै गरि गुल्मी उद्योग बाणिज्य संघ रिडि शाखाका प्रमुख सुबर्ण लाल कक्षपतीले उक्त प्रतियोगिता रिडिमा आयोजनामा हुनु खुशी कुरा भएको बताउनु हुँदै उद्योग बाणिज्य संघको तर्फ बाट पनि सक्दो सहयोग हुने प्रतिबद्ध ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा उपस्थित विभिन्न संघसंस्था तथा राजनैतिक दलका प्रतिनिधिहरुले कार्यक्रम सफलताको कामना गर्दै विभिन्न सुझाव ब्यक्त गरेका थिए।

रुरु ITF तेक्वान्दो डोजाङ, रिडिका प्रमुख बिकल पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिको उपाध्यक्ष तुल्सी श्रेष्ठ रहनु भएको थियो भने बिशेश अतिथी रुरु गापा १ का वडाध्यक्ष राम लाल बिक रहनु भएको थियो। कार्यक्रममा रुरु गाबिस पुर्व अध्यक्ष केशरमान बजिमय, उवासंघ अध्यक्ष सुबर्ण लाल कक्षपती लागायत, सुरक्षा निकायका प्रमुख, पत्रकारहरु लगायत स्थानीय संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्