fbpx

रेसुङ्गामा लोपोन्मुख गिद्धसहित २०८ प्रजातिका चराहरु

१६ माघ, गुल्मी । गुल्मीको गौरवको रुपमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल जैबिक विविधतामा धनि छ । पंछी संरक्षण संघ नेपालको अभिलेख अनुसार रेसुङ्गा क्षेत्रमा ३ प्रजातिका विश्वब्यापी रुपमा लोपोन्मुख गिद्दको बासस्थान रहेको पाइएको छ ।

नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुरलगायत २०८ प्रजातिका चराहरु भेटिएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

धार्मिक, ऐतिहासिक एबं पर्यटकीयस्थल रेसुङ्गमा १६४ भन्दा बढी प्रकारका वनस्पति रहेको साबिककोे जिल्ला वन कार्यालय र हालको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ ।

रेसुङ्गा क्षेत्रमा २८ प्रकारका जनावरहरु पाइनुका साथै दुर्लभ तथा महत्वपूर्ण वन्यजन्तुहरुको बासस्थानको रुपमा महत्वपूर्ण रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

यस संरक्षित वनक्षेत्रमा जीवजन्तुको विविधताले भरिपूर्ण रहेको साबिकको वन कार्यालयले गरेको अध्ययनले देखाएको छ ।

रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमा चितुवा,वन बिरालो, रतुवा, मृग, रातो बाादर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख रहेको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ ।

वनस्पतिको विविधता

भौगोलिक उचाइगत विविधताले गर्दा उस क्षेत्रमा ६८ प्रजातिका विरुवा,३४ प्रजातिका झाडी,४६ प्रजातिका जडिबुटिजन्य वनस्पतिहरु र बिभिन्न प्रकारका वन पाइएको अध्ययनले देखाएको छ ।

रेसुङ्गा क्षेत्रको छल्दी खोला किनारको उपोष्णा पछाडि सालको वन,कटुस चीलाउने मिश्रति वन देखि शुद्ध खोटेसल्लाको कोणधारी वन र खसु गुराँस मिश्रति समशितोष्ण चौडापाते वन अबलोकन गर्न सकिन्छ ।

जडिबुटीको विविधता

यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ ।

ठूलो घना जंगल रहेको यस क्षेत्रमा कालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

पारिस्थिकीय प्रणाली र बासस्थान विविधता

यस संरक्षित वनक्षेत्र समुद्री सतहदेखि ५७५ देखि दुई हजार ३४५ मिटर उचाइसम्म फैलिएको छ । प्रशस्त पानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहााको पारिस्थिकीय प्रणली र बासस्थानमा पनि प्रशस्त विविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैका बासस्थान भेटिन्छन् ।

यो क्षेत्र रतुवा, मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँ कालिज प्रशस्तै पाइन्छन् ।

धार्मिक पर्यटन

रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।

धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडााडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।

रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्युटावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।

जलाधार क्षेत्रहरु

रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ ।

रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशत भाग कृषि क्षेत्र र ४१ प्रतिशत भू-भाग वनक्षेत्रले ढाकेको छ ।

यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाढ खोला रसो अन्र्तगत तल्लो छल्दी खोला, जोगीखोला, बलिथुम खोला, रटुकुवा खोला उप-जलाधारहरु समेटेको छ ।
जल आफूर्ति, भू-संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षित वनक्षेत्रमा पर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ ।

यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहााको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू-गर्भ र जलचक्रको अध्ययन भएमा थप सम्भावनाहरु निकाल्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्