आज देशभरका धेरैजसो निजी विद्यालय बन्द

काठमाडौं, माघ २४ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले गरेको देशव्यापी शैक्षिक हड्तालका कारण आज देशभरका सबैजसो निजी विद्यालय बन्द भएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको यूनियनले जनाएको छ । विद्यालय बन्दका कारण लाखौँ बालबालिकाको पढाइ प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्