fbpx

रिडिमा आज बाट प्रथम ITF तेक्वान्दो प्रतियोगिता सुरु।

रिडि, फाल्गुन १७ । रिडीमा आज बाट प्रथम आईटि एफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । आईटिएफ तेक्वान्दो डोजाङ्ग गुल्मीको आयोजनामा सुुरु भएको खेलको शुक्रवार प्रदेश नम्बर ५ का बिशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठले उद्घाटन गर्नु भएको छ । उदघाटनका क्रममा बोल्नु हुदै खेलदकुद क्षेत्रको बिकासको निम्ति प्रदेश सरकार लागि परेको र खेलकुद क्षेत्रको बिकासको निम्ति बजेटको व्यवस्था गरेर अगाडी बढ्ने बतानु भएको छ ।

पछिल्लो समयमा यता गुल्मीमा बिभिन्न क्लव संघ संस्थाहरु बिभिन्न खेलकुद आयोजना गरेर खेलक्षेत्रलाई अगाडी ल्याउन खोजि रहेको बताउनु भयो । त्यसै गरि कार्यक्रममा बोल्दै रुरु क्षेत्रलाई खेल क्षेत्रको माध्यमबाट देशभर चिनाउने र पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आईटिएफ तेक्वान्दो डोजाङ्ग रिडिका प्रमुख बिकल पौडेलले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रदेश नम्बर ४ र ५ का १७ जिल्लाका २ सय २५ जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ देखि ५५ केजी समुहका महिला र पुरुषको छुट्टाछुट्टै खेल सञ्चालन भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला पुरुषलाई मेडल, प्रमाणपत्र र ट्रफि दिइने आयोजकले जनाएको छ । प्रतियोगिता १८ शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्