६ स्वर्ण सहित रिडि भयो रुरुक्षेत्र आमन्त्रित तेक्वान्दो प्रतियोगिताको समूह बिजेता

रिडि,फागुन १९। रिडिमा जारि प्रथम रुरु क्षेत्रधाम अामन्त्रित तेक्वान्दाे प्रतियाेगिता हिजो सफलता पुर्वक सम्पन्न भएको छ। १७ जिल्लाका २६० जना खेलाडीहरु सहभागी रहेको उक्त प्रतियोगितामा सर्वाधिक ६ स्वर्ण सहित रुरु आई टि एफ तेक्वान्दो डाेजाङ गुल्मि समुह विजेता बनेकाे छ। पुरुष तर्फ रिडिले अपेक्षित सफलता हासिल गर्न नसकेपनी महिला तर्फ भने राम्रो जित हासिल गरेको छ। रिडि बाट महिला तर्फ विभिन्न उमेर समूहमा सिमरन रजाली, गृस्मा पन्त, निरुता थापा, पुजा रजालि , सृष्टि रजालि र पुरुष तर्फ भुवन श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन।
यस्तै पाल्पाले ४, कास्किले १ , बाँकेले १, कपिलवस्तुले १, नवलपरासीले १, बाग्लुङले १ र स्याङ्जाले १ स्वर्ण पदक जित्न सफल भएका छन् ।


प्रतियोगिताको अन्तिम दिन हिजो औपचारिक समापन समारोहको आयोजना गरिएको थियो। कार्यक्रम संयोजक बिकल पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुल्मिका प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।
समाराेहलाई सम्बाेधन गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलले सरकारि निकायले गर्नुपर्ने प्रतियाेगिता क्लवले गरेकाेका प्रशंसा गर्दै यस्ता रचनात्कमक कृयाकलापहरुको आगामी दिनहरुमा पनि निरंतरताको अपेक्षा गर्दै प्रशासनले सदैव साथ दिने बताउनुभएकाे छ।
कार्यक्रम संयोजक विकल पाैडेलले- प्रतियाेगिताले तेक्वान्दाे खेलाडिकाे अात्मविश्वास बढेकाे बताउनु हुदै गुल्मिकाे तेक्वान्दो जगत अब थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभएकाे थियो। साथै कार्यक्रम अबधि भर सहयाेगि संस्था तथा व्यक्तिहरुप्रति हार्दिक धन्यवाद पनि व्यक्त गर्नुभएकाे थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्