fbpx

बलेटक्सार गुल्मीमा टोल टोलबाट सामाजिक सुरक्षा भत्ता बितरण ।

२ चैत, गुल्मी । रुरु गाउँपालिका वडा नं. ४ बलेटक्सार गुल्मीले टोल टोलबाट सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।
स्थानिय साईन रेसुङ्गा डेभलपमेन्ट बैकसंगको सहकार्यमा,स्थानिय सरकारको अनुभुती हुने गरि बैकमा पायक पर्नेलाई बैकबाट र अन्यलाई टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको वडा नं. ४ बलेटक्सारका अध्यक्ष फर्सुराम ज्ञवालीले बताउनु भयो । वडा नं. ४ बलेटक्सार गुल्मीमा ५ सय ५१ जनाले ३२ लाख ४८ हजार रुपैया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन ।

रुरु एफ.एम

तपाईको प्रतिक्रिया दिनुहोस्