fbpx

सवारी दुर्घटनामा पूर्व सासंद भण्डारी सहित दुईजनाको मृत्यु

गुल्मी, २८ चैत्र। गुल्मीको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदसहित दुईजनाको मृत्युु भएको छ ।

फोटो: गुल्मी न्युज

मुसिकोट नगरपालिका–१ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका–५ निवासी पूर्व सासंद रुद्रमणि भण्डारीको घटनास्थलमै मृत्युु भएको हो ।

उनी २०४८ मा गुल्मी – ३ बाट सांसद भएका थिए । दुर्घटनामा परि मालिका गाउँपालिका–१ का ओसर बिकको पनि मृत्युु भएको छ ।

बिहीबार बिहान मालिका गाउँपालिकाबाट उक्त जिप बुटवलका लागि छुटेको, बिहान ९ बजे दुर्घटनामा परेको थियो । । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइते सवैलाई गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट एक सय मिटरभन्दा तल खसेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्