fbpx

लुक्ला दुर्घटना: विमान र हेलिकप्टर ठोक्किँदा, पाइलटसहित ३ जनाको मृत्यु

काठमाडौं बैशाख १ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ।

आइतबार बिहान समिट एयरको प्लेन उडन लाग्दा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएको हो।

घटनामा पाइलट र सुरक्षाकर्मीसहित ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुका प्रमुख डिएसपी शालिकराम शर्माले घटनाकाे पुष्टी गर्दै भने,’रन वेमा चिप्लिएर समिटकाे प्लेन श्री एयरकाे हेलिकाेप्टरमा ठाेक्किएकाे छ, हामी उद्धार गरिरहेका छाैं, विस्तृत विवरण आउन बाँकी छ।’

अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्