fbpx

पाल्पाका हनुमानद्वारा गुल्मीकि १४ वर्षिय वालिका वलात्कृत

टोपलाल अर्याल गुल्मी ५ बैशाख

गुल्मीमा १४ वर्षिय वालिका वलात्कृत भएकी छन । जिल्लाको छत्रकाेट गाउँपालिका ६ कि १४ बर्षिय वालिकालाई पाल्पा तानसेन नगरपालिका ५ का ४५ बर्षिय हनुमान भनिने समीर मियाले वलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । मामाघर गएर अामासगै घर फर्केकी बालिकालाई माेटरसाईकलमा अाएका मियाले घर पुराईदिने भन्दै अामाकाे सहमतिमा माेटरसाईकलमै लिएर आएको र बीच वाटाेमा पैसा दिने प्रलोभन देखाएर वलात्कार गरेकाे जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार वस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मियाले कसैलाई नभन्नु भन्दै पाँच सय रुपैया वालिकालाई दिएर फरार भएका थिए । आरोपितलाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँची जिल्लाको अर्घाताेष प्रहरी चाैकिकाे सयुक्त प्रहरीको टाेलीले एक घरमा लुकेर वसेकाे अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेको छ । वालिका वलात्कृत गर्ने मियालाई जवरजस्ती करणी अभियाेगमा मुद्दा चल्ने र अन्य घटनाका वारेमा थप अनुसन्धान भैरहेकाे वस्नेतले बताए । घटना वुधवार दिउसाे भएको वताईएकाे छ । मिया भैंसी व्यापारी हुन ।

तपाईको प्रतिक्रिया दिनुहोस्