fbpx

गाउँमै ल्याव सेवा पाएपछि स्थानीय खुसी साढे दुई सयको स्वास्थ्य परिक्षण

टोपलाल अर्याल
गुल्मी, ८ बैशाख सत्यवति गाउँपालिका वडा नं ४ लिम्घा स्वास्थ्यचौकीमा ल्याव सेवा संचालनमा आएको छ । ल्याव सेवाको सत्यवति गाउँपालकाका अध्यक्ष पारिश्वर ढकालले उद्घाटन गरे । सेवा शुभारम्भ गर्दै ढकालले मानिसले विकट गाउँमा स्तरिय ल्याव सेवा पाउँदा लिम्घेली नागरिकसंगै आफु अत्यन्तै खुसी भएको बताए ।

उनले सत्यवति गाउँपालिका पनि कृषिसंगै नागरिकको शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा संबेदनशिल भएर अगाढी बढ्ेको बताए । उनले ल्याव संचालन गर्ने र स्वास्थ्यचौकीको भवन निर्माण गर्न जग्गा प्रदान गर्ने स्थानीय युवा समाजसेवि हुम बहादुर पल्ली र ५५ हजारको माइक्रोसकप प्रदान गर्ने प्रविण केसीलाई धन्यवाद दिए । लिम्घा स्वास्थ्यचौकीमा ल्याव सेवा संचालन गर्न पल्लीले डेढ लाखको सामग्री प्रदान गरेका छन् । उनले आफुले प्रदान गरेको सामग्रीको प्रयोग मार्फत स्थानीयले सेवा पाए आगामी दिनमा थप सहयोग गर्न सकिने बताए ।
उनले गत बर्ष स्वास्थ्यचौकी भवन निर्माणको लागि तीन रोपनी जग्गा र एक लाख २० हजार नगदन प्रदान गरेको वडाध्यक्ष दान बहादुर रानाले बताए । भर्खरै संचालन भएको ल्याव सेवा मार्फत सिबिआर, व्लड ग्रुप, सुगर, युरिक एसिड, जण्डिस, बाथ, एच.आइ.भी, हेपाटाइटिस, टाइफाइड, दिसा र पिसाब परिक्षण गर्न सकिने जुहाङ्ग प्राथमिक स्वास्थ्यचौकीका ल्याव टेक्निसियन खिमलाल पाण्डेयले जानकारी दिए ।
गाउँमै निशुल्क उपचार पाउँदा खुसी
सत्यवति गाउँपालिका ४ लिम्घामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिम्घा स्वास्थ्यचौकीको आयोजना तथा लिम्घेली युवा क्लवको सहआयोजना र सत्यवति गाउँपालिका साथै युवा समाजसेवी हुम बहादुर पल्लीको सहयोगमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जना पुरुष र एक सय ८६ जना महिला गरि दुई सय ४४ जनाले सेवा लिएका छन् । शिविरमा भिडियो एक्सरे ५९ जनाले, इसिजी २० जनाले र ल्याव सेवा ३३ जनाले लिएको स्वास्थ्यचौकी इन्चार्ज बिशाल कुवंरले बताए । शिविरमा डाक्टर कपिल गौतम, सोफिया थापा, बिशाल पन्थी, सुनिता ज्ञवाली लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षणका लागि शिविरमा आएका ९५ बर्षीय मित्र लाल ज्ञवालीले जिल्लाबाट डाक्टर आएर स्वास्थ्य परिक्षण गर्दा अत्यन्तै खुसी लागेको बताए । उनले सामान्य स्वास्थ्य परिक्षणका लागि वुटवल तथा खैरेनी पुग्ने स्थानीयलाई निशुल्क उपचारले धेरै राहात महसुस भएको बताए । सोहि ठाउँकै सरस्वति ज्ञवाली पनि गाउँमै सेवा पाएकोमा खुसीनै छन् । उनले शिविरबाट सवैभन्दा बढि बिपन्न र अपाङ्गहरुलाई फाइदा पुगेको बताइन् गाउँमै इसिजि, भिडियो एक्सरेसहितको सेवा पाउँदा नागरिक अत्यन्तै खुसी भएको वडाध्यक्ष दान बहादुर रानाले बताए । उनले लिम्घाका नागरिकहरुलाई सदरमुकाम र शहरको सेवा गाउँमै पु¥याउन पछिल्ला बर्षहरुमा स्वास्थ्य शिविरहरुको आयोजना गरिरहेको बताए । शिविरमा औषधी समेत निशुल्क वितरण गरिएको छ ।कार्यक्रमकै अवसरमा ल्याव सेवा संचालन गर्न सहयोग पुराउने हुम बहादुर पल्ली, प्रविण केसीलाई सम्मान गरिएको छ । गाउँपालिका प्रमुख पारिश्वर ढकाल, उपप्रमुख सुर्वण शेरचन शाही, प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारी, सामाजिक विकास समिति संयोजक भिमलाल पाण्डेय, वडा नं ४ का वडाध्यक्ष दान बहादुर राना लगायतले सम्मान गरेक थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्