fbpx

कारागारबाटै घर खर्च जुटाउँदै कैदी बन्दी कैदले सीप : सीपले आम्दानी

टोपलाल अर्याल । रुरु नेटवर्क

गुल्मी, १० बैशाख चन्द्रकोट गाउँपालिका १ दिब्रुङका सूर्य विक बलात्कार मुद्धामा जेल परे । विस २०७० सालमा जिल्ला कारागार आएका विकले अहिले मासिक १२ हजार कमाउँछन् । उनले अहिले कैदसंगै सीप सिकिरहेका छन् । ‘कैदले सीप दियो, सीपबाट परिवार चलेको छ,’विकले भने,‘ उद्यमले समय राम्रै बितिरहेको छ ।’ विकले कारागारमा ढाकाको सल बनाँछन् । खर्च कटाएर मासिका आठ हजार चोख्खो बच्छ । उनले छ जनाको परिवार राम्रै पालेका छन् ।

चन्द्रकोट २ विश्वुखर्कका राजु नेपाली कारागारमा मुडा बनाउँछन् । उनको मासिक आम्दानी आठदेखि १० हजार हुन्छ । उनी बलात्कार मुद्धामा ०७० सालमा जेल परे । सीप सिकेर अहिले उद्यमी बनिरहेका छन् । विक र नेपाली मात्र होइन्, कैदी जीवन बिताइ रहेका २४ बर्षीया लेखनाथ गिरीले पनि महिनाको आठ देखि १० हजार कमाउँछन् । बाँसको टेबल, कुर्सी र मुडा बनाउने काम लेखनाथको हो । कारागारका सह–नाइके समेत रहेका गिरीले परिवारमा समेत राम्रै पैसा पठाउँदै आएका छन् ।
धुर्कोट गाउँपालिका ३ हाडहाडेकी शान्ता पुनले अहिले सुइटर बुनिरहेकी छन् । ‘भर्खर तालिम सकियो, अहिले आफैलाई बुनेका हौ,’पुनले भनिन,‘अब व्यावसायीक उत्पादन शुरु गर्ने हो ।’ पुन कर्तव्य ज्यान मुद्धामा जेल चलान भएकी छन् । गुल्मी कारागारमा उद्यम गरेरै परिवार पाल्नेहरुको सङ्ख्या धेरै छ । विभिन्न मुद्धामा जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुले बाँसका मुडा, कुर्ची, डाइनिङ्ग टेवल, चुरिष्ट, गमला, ढाकाका सल र सुइटर लगायतका सामग्रीहरु उत्पाद गरिरहेका छन् ।
कारागारको प्रमुख उत्पादन बाँसका मुडाहरु जिल्लाका विभिन्न बजार र बुटवल, पोखरा, काठमाण्डौ लगायतका स्थानमा समेत जाने गरेको कारागार प्रमुख उद्धव पन्थीले बताए । घरेलु तथा साना उद्योग विकास समिति तथा अन्य सरकारी एवं गैर सरकारी संघ संस्थाको सहयोगमा कैदीबन्दीहरुले बेलाबेलामा तालिम लिइरहेका छन् । अहिले पनि भर्खरै पनि कारागारले एक लाखको लागतमा महिलाहरुको लागि सुइटर तथा पुरुषहरुको लागि सिलाइकटाई तालिम दिइएको पन्थीले बताए ।
जिल्ला कागारमा उत्पादन हुने बाँसका मुडा साढे चार सय देखि साढे पाँच सय, डाइनिङ्ग टेवललाई पाँच सयदेखि १० हजार, सल १२ सय देखि १५ सय बिक्री हुने गरेको कारागारका चौकीदार दिपक गिरीले बताए । कर्तव्य ज्यान र बलात्कार मुद्धामा जेल परेका सवैभन्दा पुरना कैदी पदम मुखियाले कारागार अत्यन्तै जिर्ण तथा साँधुरो भएकाले अन्य तालिम र कामहरु गर्न मुस्किल परेको बताए । साथै मावन बेचबिचन मुद्धामा जेल परेका माधव कडेलले कारागार आफ्नो सिक्ने पाठशाला जस्तै भएको बताए । जिल्ला कारागारमा एक आश्रित बालिकासहित हाल ६७ जना रहेका छन् ।
कारागारमा मैनबत्ति र अगरबत्ति पनि उत्पादन हुँदै आएको थियो । भवन अभावको कारण मैन तथा अगरवत्ति उत्पादन भने पछिल्लो समय बन्द गरिएको छ । जिर्ण कारागार र त्यसैमाथी व्यावस्थापन गर्न नसकेपछि मैन र अगरबत्तिको उत्पादन गर्नुपर्ने बाध्यता आएको कारागार प्रमुख उद्धव पन्थीले बताए । संरचनाको कारण उद्यम मरिरहेकोमा उनले दुख व्यक्त गरे । साथै पछिल्लो समय बायो ग्यास बिग्रिएकाले दाउरा व्यावस्थापनमा समेत मुस्किल परेको उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्