fbpx

भड्किलो बन्दै बिद्यालयका महायज्ञ, धर्मको नाममा ठेक्का रोकिनुपर्छ : मन्त्री बराल

गुल्मी, १९ बैशाख पछिल्लो समय बिद्यालयमा संचालन भएका महायज्ञ भड्किला बन्दै गएका छन् । विभिन्न बाहाना बनाएर स्थानीयसंग पैसा संकलन गर्ने र आफु अनुकुल खर्च गर्ने परिपाटीले बढ्दै गएको छ । यो बर्षमा मात्रै सात वटा बिद्यालयले महायज्ञ गरेका छन् । जसबाट करोडौ रुपैयाँ संकलन भएको छ । अहिले अधिकांश बिद्यालयले प्राविधिक शिक्षाको नाममा महायज्ञ गरेर पैसा संकलन गरेका छन् । त्यसै मध्येको पछिल्लो उदाहरण हो रुन्खादह मावि ।

गुल्मी दरवार गाउँपालिका वडा नं ४ बिरवासको यो बिद्यालयले २३ चैत्रदेखि १ बैशाखसम्म श्रीमद्भागवत धनधान्याञ्चल बिराट नवाह ज्ञान महायज्ञ ग¥यो । महायज्ञको उदेश्य प्राविधिक र कम्प्युटर शिक्षा हो । महायज्ञ व्यावस्थापनको जिम्मा बाल योगेश्वर फोण्डेशनले लिएको थियो । महायज्ञमा एक करोड २० लाख पचास हजार रकम संकलन भएको बिद्यालयले जनाएको छ । महायज्ञ भडकिलो बनाएर ४० लाख पण्डित आफैले कुम्ल्याए ।
गरिव र बिपन्नले समेत चन्दा दिएको पैसाबाट बाचन बाल योगेश्वर महाराजले हेलिकप्टर चाटर गरे । एक सय आठ तिर्थ क्षेत्रको जलसहित हेलिकप्टरबाट पुष्प वृष्टि भनेर पण्डित आफैले हेलिकप्टर प्रयोग गरेको बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्ण खनालले बताए । बिद्यालयको आन्तरिक खर्च समेत गरेर ४५ देखि ५० लाख खर्च हुने खनालले बताए । ‘पवित्र सोचेर महायज्ञ ग¥यौ खर्च डरलाग्दो भयो,’उनले भने,‘उनीहरुको व्यापार रहेछ ।’
यो बिषयलाई शिक्षासंग सरोकार राख्ने व्यक्तिले आलोचना गरिरहेका छन् । अभिभावकको ढाड सेकेर पैसा संकलन गर्ने र महत्वकांक्षी रुपमा आफु अनुकुल खर्च गर्ने प्रवृति राम्रो नभएको गुल्मी दरवार गाउँपालिकाका बिद्यालय निरिक्षक दिपक भण्डारीले बताए । उनले महायज्ञ राम्रो बिषय भएपनि खर्चिलो बनाउने बिषयमा आफुले बिद्यालयलाई पहिलेनै सुझाब दिएको बताए । हेलिकप्टर मार्फत पुष्प बृष्टि मात्रै हैन । जिल्लाको रिडीदेखि तम्घाससम्म ३०÷४० वटा गेटहरु निर्माण गरिएको छ ।
पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जर्नादन घिमिरेले पण्डितले आफ्नो व्यापार गरिरहेको भएपनि बिद्यालय र अभिभावक भ्रममा परेको आरोप लगाए । पण्डित आफैले हेलिकप्टरबाट पुष्प बृष्टि, अनावश्यक गेट, शानदार मण्डप, साउण्ड सिस्टम, कलश सवै आफैले ल्याएर बिद्यालयमा बार्गेनिङ्ग गर्ने र अधिकांश पैसा आफैले लैजाने गरेको पत्रकार घिमिरेले बताए ।
रुन्खादह मावि पछिल्लो उदाहरण हो । मुसिकोट नगरपालिकामा मात्रै यो बर्ष तीन बिद्यालयले धार्मिक तथा शैक्षिक महोत्सव गरेका छन् । गत माघ र फागुनमा मुसिकोट नगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक, वडा नं १ को जनज्योति मावि र वडा नं ७ को महोन्द्र आदर्श माविले धार्मिक तथा शैक्षिक महोत्सव गरेका छन् । महेन्द्र आर्दश माविले पनि प्रधानमन्त्रीनै ल्याउने तयारी गरेको थियो । जसका लागि सजावटमै लाखौ रुपैयाँ खर्च ग¥यो ।
प्रधानमन्त्री आएनन, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट आएर महायज्ञ उद्घाटन गरे । महायज्ञमा करिव छ करोड रकम संकलन गरिएको र अहिलेसम्म ५३ लाख खर्च भएको आफुहरुसंग विवरण आएको बिद्यालयका प्रध्यानाध्यापक बुद्धि प्रसाद सापकोटाले बताए । गत बर्ष मुसिकोट नगरपालिका ६ को राष्ट्रिय त्रिभुवन मावि कुर्घाले स्वर्ण महोत्सवमा लाखौ खर्च गरेर राष्ट्रपति ल्याएको थियो । स्वर्ण महोत्सवको लागि करिव दुई करोड संकलन भएको प्रध्यानाध्यापक राम बहादुर थापाले बताए ।
त्रिभुवन मावि मुसिकोटले महायज्ञवाट एक करोड २८ लाख आम्दानी र २० लाख १८ हजार खर्च गरेको छ । भने जन ज्योति माविले एक करोड २१ लाख आम्दानी र करिव ३० लाख खर्च गरेको प्रधानाध्यापक ईश्वरी प्रसाद आचार्यले जानकारी दिए । इस्मा गाउँपालिका वडा नम्बर २ स्थित पालुखा माध्यमिक विद्यालयले पनि प्राविधिक शिक्षाको लागि असोज २२ गतेदेखि महायज्ञको आयोजना गरेको थियो । महायज्ञमा संकलन भएको ९७ लाख मध्ये करिव ४३ लाख खर्च भएको वडाध्यक्ष टीका रेश्मीले बताए । रेसुङ्गा नगरपालिका ९ स्थित उपल्लो तम्घास माविले पनि भदौ ३० गतेदेखी प्राविधिक शिक्षाकै लागि महायज्ञ गरेर ५४ लाख संकलन गरेको थियो ।
प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले धर्मको नाममा महायज्ञले विकृति सृजना गरेको बताए । उनले प्राविधिक शिक्षाका लागि केन्द्र सरकारले संभाव्यता अध्ययन थालेकाले आगामी बर्षबाट बजेट बिनियोजन गरिने बताए । अरुलाई सत कर्म र धनको लोभ नगर्ने ज्ञान दिने पण्डितहरु नै स्वयम् महायज्ञलाई खर्चिलो रुपमा प्रस्तुत गरिरहेको मन्त्री बरालले अरोप लगाए । ‘धर्मलाई पैसासँग तुलना गरेर ठेक्का दिने र भडकिलो बनाएर जनताको पैसा दुरुपयोग गर्नु हुँदैन,‘उनले भने,‘ यो प्रवृतिको निरुत्साहन स्वयम् पण्डितहरु नै गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्