fbpx

अर्जुन आवासिय माविमा नमुना मतदान निर्वाचन मार्फत क्याप्टेन छनोट

गुल्मीको अर्जुन आवासिय माविले स्कुल क्याप्टेनको लागि निर्वाचन गरेको छ । निर्वाचनमा कक्षा ६ मा अध्ययनरत कञ्चनजंगा सदनकी सृष्टि भुसालले पहिलो मत खसालेकी छन् । बिद्यार्थीहरुलाई देशको प्रजातान्त्रिक पद्धतिको बारेमा जानकारी गराउने र शिक्षकले आफुले चाहेको बिद्यार्थीलाई टीका लगाएर क्याप्टेन बनाउने प्रथाको अन्त्यको लागि मतदान गरिएको प्रध्यानाध्यापक रविचन्द्र बिष्टले बताए ।
उनले बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत यो नमुना कामको सुरुवात गरिएको बताए । ‘बिद्यालयमा क्याप्टेन छनौट गर्नुपर्ने भएकाले, शुरुबारिय अतिरिक्त क्रियाकलापमा निर्वाचन ग¥र्यौ,’उनले भने,‘क्याप्टेन छनौट र मतदान शिक्षा दुवै फाइदा भयो ।’ शिक्षिका शर्मिला खनालले राज्यले संचालन गरेका निर्वाचनमा बुबा–आमाहरु मतदान गर्न जाँदा मतदान कस्तो होला ? भनेर कौतुहल रहेका बालबालिका आफैले मतदान गर्न पाउँदा खुसी भएको बताइन् । ‘मतदाता भएर भोट खसालेका थियौ, आज आफुलेनै व्यावस्थापन गरेर बिद्यार्थीहरुलाई मतदानमा गरायौं,’उनले भनिन,‘यसले दिर्घकालिन फाइदा गर्नेछ ।’

२ सय ८५ मत खस्यो
क्याप्टेनको लागि निर्वाचनमा दुई सय ८५ मत खसेको छ । स्कुल क्याप्टेन र हाउस क्याप्टेनका ३२ उमेदुवारको लागि दुई सय ८५ जनाले मतदान गरेका छन् । स्कुल क्याप्टेनको लागि मनोज अर्याल र शिक्षा कार्की उमेदवार हुन् । भने हाउस क्याप्टेनका लागि चार सदनका ३० जना उमेदवार रहेका थिए । कक्षा ५ देखि १० सम्मका तीन सय एक जना बिद्यार्थी मतदाता थिए । स्कुल क्याप्टेनका दुई जना उमेद्वारबाट एक जना र हाउस क्याप्टेनका लागि ३० जना उमेद्वार मध्येबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण र कञ्चनजंगा सदनको लागि एक÷एक जना निर्वाचित हुने धौलागिरी सदनको निर्वाचन अधिकृत पुजा ज्ञवालीले बताइन् । बिद्यार्थीले दिउँसो १ बजेदेखि ३ बजेसम्म मतदानको गरेका थिए ।

क्याप्टेनका चुवावी एजेण्डा
स्कुल क्याप्टेनकी उमेद्वार शिक्षा कार्कीले बिद्यार्थीहरुका समस्या शिक्षकसम्म सहज रुपले पु¥याउने वातावरण सृजना गने आफुनो पहिलो चुनावी एजेण्डा भएको बताइन् । कार्कीले एक हप्तादेखि सोहि एजेण्डा मार्फत साथीहरुसंग भोट मागिरहेको बताइन् । त्यस्तै क्याप्टेनकै अर्को प्रतिस्प्रर्धी मनोज अर्यालले एसेम्बलीमा गएर आफ्नो प्रिजेन्टेशन गर्न डराउने भएकाले उनीहरुलाई आत्मविश्वास बनाउनेनै आफ्नो चुनावी एजेण्डा भएको बताए । निर्वाचनलाई व्यावस्थापन गर्न चार जना निर्वाचन अधिकृत, एक÷एक जना सहायक निर्वाचन अधिकृत र कर्मचारी खटाइएको थियो । बिद्यालयबाट सुरक्षाको तालिम लिएका एनसिसि समुहले निर्वाचनमा सुरक्षाको व्यावस्था मिलाएका थिए ।

एक हप्ता मतदाता शिक्षा र प्रचार प्रसार
बिद्यालयले यो हप्ताभर कक्षा–कक्षामा मतदाता शिक्षा लागु गरेको थियो । शिक्षकहरुले बिद्यार्थीहरुलाई मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी गराएका थिए । भने उमेद्वारहरुलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराएको शिक्षक केशव आचार्य बताए । भने उमे्वारहरुले एक हप्तादेखि इन्टरवलको समयमा प्रचार प्रसार र भोट मागेका थिए । बिद्यालयले शुक्रबार बिहान साढे ११ बजेबाट निवार्चन आचारसंहिता लागु गरेको आचार्यले बताए ।

गज्जवको पहिलो अनुभव
अन्नपूर्ण सदनमा १५ मिनेट लाइनमा बसेका क्रिस थापाले पहिलो पटक आफ्नै साथीलाई भोट हाने । उनले अहिलेसम्म निर्वाचन शब्द मात्रै सुनेका थिए । त्यो स्थानीय र संघिय निर्वाचनमा बाबा–आमाले भोट हाल्न जाँदा । शुरुमा केहि अप्ठ्यारो लागेपनि नबिगारेर मतपत्रमा छाप हानेको थापाले बताए । त्यस्तै अमिता अर्यालले पहिलो पटक भोट दिँदा गज्जव लागेको बताइन् । उनले आफैले मत दिएर आफ्नो लिडर छनौट गर्न पाउँदा आफुसंगै थुप्रै साथी खुसी भएको बताइन् । शारदा मुखियाले पनि पहिले मतदान गरेकी देखेकी मात्रै थिइन् । आज आफैले भोट खसालिन् । अतिरिक्त क्रियाकलापमै नयाँ प्रक्रियाको बारेका जानकारी पाउँदा खुसी लागेको बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्