fbpx

रिडिका महिला दिदिबहिनीहरु लाई काठमाडौंमा दिइयो नेतृत्व बिकास तालिम

काठमाडौं, जेस्ठ१८। रिडिबाट काठमाडौं आइ बसोबास गर्दै आएका महिला दिदी बहिनिहरुको लागि रुरु काठमाडौं महिला मन्च ले नेतृत्व बिकास सम्बन्धि दुई दिने तालिम होटल काली गण्डकीमा संचालन गरेकाे छ । आफ्ना कुरा हरु निर्धक्क साथ अगाडि राख्न र समाजमा नेतृत्व दायी भुमिका खेल्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा १५ जना महिला दिदिबहिनीहरु सहभागी भएका छन । जेठ १८ र १९ सम्म संचालन हुने उक्त तालिम को सहजीकरण बिष्णु कला भण्डारी र गंगा ज्ञवालिले गर्नुभएको थियो ।

रिडिका महिलाहरु लाई काठमाडौंमा नेतृत्व बिकास तालिम

तपाईको प्रतिक्रिया दिनुहोस्