fbpx

रिडिमा बाहिर बाट गाइ ल्याइ थुपार्ने २ जना लाई वडा कार्यलय द्वारा कार्वाही।

रिडिमा जिल्लाका विभिन्न स्थानहरु बाट अबैध रुपमा गाई ल्याइ थुपार्ने २ जना लाई रुरु गापा वडा न १ को कार्यलयले कार्वाही गरेको छ। छत्रकोट गाउँपालिका निवासी टेक्टर चालक निमराज श्रेष्ठ तथा सन्तोश परियार लाई वडा कार्यलयले आर्थिक जरिवाना गरि गाई फिर्ता गरिदिएको छ। निज हरुले टेक्टरमा गाई ल्याइ रिडि बजारमा बेवारिसे अबस्थामा छाड्न लागेको सुचना पाए पछी वडा कार्यलयले नियन्त्रणमा लिइ कार्वाही गरेको हो। त्यसैगरी वडाले उक्त सुचना दिने ब्यक्ती लाई पुरस्कार सहित सम्मान गरेको छ।

त्यसैगरी रुरुक्षेत्र गौ संरक्षण समिति रिडिको बैठक बसि अागामि दिनमा यस क्षेत्रमा रहेका गाईहरूलाई ब्यबस्थित तवरले संरक्षण गर्ने तर बाहिरबाट काेहि कसैले अबैधरुपमा रिडि क्षेत्रमा गाई ल्याइ छाेडनेलाई कारवाही गर्ने निर्णय गरेको छ।

समाचार श्रोत: रुरु गापा वडा न १ को कार्यलय

तपाईको प्रतिक्रिया दिनुहोस्