fbpx

भटकुवा-हर्दिनेटा सडक बिस्तार सुरु

रिडि,जेष्ठ २६। रुरु गापा वडा न १ को भटकुवाको चिदिगैरा देखि सालिपोखरी हुँदै दिगामको हर्दिनेटा जोड्ने मोटर बाटो बिस्तार कार्य आरम्भ भएको छ। प्रदेश न ५ संरकारबाट विनियोजित बजेत बीस लाख रुपैयाको लागतमा उक्त सडकको बिस्तार कार्य आरम्भ भएको वडाध्यक्ष राम लाल बिकले बताउनु भएको छ। आज एक कार्यक्रमका बिच परम्परा अनुशार डोजरमा नरिवल फोडि पुजा गर्दै उक्त कार्यको वडाध्यक्ष द्वारा आरम्भ गरिएको छ। सडक बिस्तार पछि यो भेगका जनताहरु लाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्