fbpx

रिडिको दंगाली पौवा संकटमा।

चुडामणी तिमल्सिना, रिडि जेष्ठ २८। रेखे देख र उचित मर्मत संभारको अभवामा रिडिमा रहेको दंगाली पौवाको अस्तित्वो संकटमा परेको छ। रिडिको हृशिकेश परिसरमा अबस्थित यो पौवा दाङ बाट आएका भक्तहरुले बनाएको हुँदा यसलाइ दंगाली पौवा भनिएको हो। यो पौवामा लामो समय सम्म थुप्रै ब्रमचारी हरु बसेर सस्कृत भाषा अध्यन गर्नुका साथै धार्मिक गतिबिधी गर्ने गर्दथे। यहीँ पौवामा बसेर पढेका विद्यार्थीहरु अहिले माथिल्लो तहमा पुगिसके पनि यो पौवा लाई उनिहरुले चटक्कै बिर्सिएका छन । पौवा अहिले जिर्ण अबस्थामा छ। अहिले हृशिकेस मन्दिरको नयाँ ब्यबस्थापन समिती बनेको छ आशा गरौ यो समितिले आफ्नै परिसरमा रहेको यो दंगालि पौवा संरक्षण र पुननिर्माणमा तदारुकता देखाउने छ। ।

संकटमा दंगाली पौवा

तपाईको प्रतिक्रिया दिनुहोस्