fbpx

प्रहरी कार्यलय रिडि द्वारा बलेटक्सारमा अन्तर्कृया आयोजना

चुरामणि तिमिल्सिना,जेष्ठ २८ रिडि। इलाका प्रहरी कार्यालय रिडि गुल्मीले अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । रुरु गाउपालिका को कार्यलय बलेटक्सारमा सोमबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनप्रतिनिधि , कार्यालयका कर्मचारी , पत्रकारहरुका बीच साझा अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।

खास गरि महिला हिंसा, जुवातास , करेन्ट बाट माछा मार्ने काम, साइवर अपराध, तथा गाँजा नियन्त्रण तथा सामाजिक जनचेतना जस्ता बिषयमा चर्चा गरिएको थियो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी पन्थको अध्यक्षतामा कार्यक्रम भएको थियो। यसै अबसरमा पन्थ ले यस्ता कार्यक्रम गर्दा गाउपालिकाले प्रहरी लाई सम्पुर्ण रुपमस सहयोग गर्ने बताउनुभयो ।

उहाले रुरु गाउँपालिकामा बढी मात्रामा आत्महत्या बढेकाले जनचेतनामुलक कार्याक्रम गरेर कम गर्ने बताउनुभएको छ । सोही कार्याक्रम्मा इलाका प्रहरी कार्यालय रिडिका प्रहरी प्रमुख राधेश्याम सिंह सैथवारले आफुले वर्ष दिनभरि गरेका गतिविधि बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रममा बोल्दै रुरु गाउँ पालिका विभिन्न वडाका अध्यक्षहरुले गाउँ घरमा गाँजा उत्पादन नियन्त्रण भएको दाबी समेत गरेका थिए । प्रशासकिय अधिकृत चेतनाथ गिरिले कार्यक्रममा सहजिकरणमा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्