fbpx

रिडिमा एक जना किशोर जसले १३ बर्षमै पण्डित कर्म गरे ।

रिडि, जेष्ठ२९। रिडिमा एकजना किशोर जो उमेरमा अहिले १५ बर्ष पुगेका छ्न, उनले आज धार्मिक संस्कार अनुशार सम्पुर्ण बिधिमा आधारित धार्मिक पुजा पाठ गर्न तथा गराउन सक्छन। गुल्मिको तम्घास सेउघा निवासी नवराज पन्थी ४ बर्ष अघि गुरुकुल शिक्षाका लागि रिडि आएका थिए। उनले रिडिको ऋशिकेश मन्दिर परिसरमा अबस्थित गायत्री मन्दिर बिद्यापिठमा धार्मिक कर्म काण्ड संबन्धी शिक्षा गुरु मेघराज रिजाल संग लिएका थिए। सोही बिद्यापिठ बाट उनले चण्डी, रुद्री, बेद लगायत अध्यन गर्नुका साथै बिबाह, बर्तमन श्राद्ध लगायतका धार्मिक पुजा पाठ गराउन सिकेका छन। १३ बर्षको उमेर बाट उनले रिडि बजार तथा आसपासको ठाउँहरुमा पण्डितका रुपमा रुद्री श्राद्ध लगायतका धार्मिक कर्म गराउन थालेका हुन। अहिले १५ बर्षका भए उनी, बिस्तारै बिस्तारै सबैले चिन्दै गएकोले सबैले पुजा पाठका लागि बोलाउन थाकेको पण्डित पन्थि बताउँछन। बुबा को आग्रह तथा आफ्नै रुचीका कारण आफू यो क्षेत्रमा आएको बताए। उनका बुबा भने भारतमा जागिरे छन। हाल उनले रिडिकै संस्कृत तथा साधारण माबी कक्षा १० मा औपचारिक शिक्षा अध्यन गर्दै छन। आउदा दिनहरुमा पनि यो कर्म लाई निरंतरता दिने उनले बताए।

नबराज पन्थी जस्ता नया पुस्ताहरुको धर्म संस्कार र संस्कृती प्रती यो किसिमको लगाव देखिनु सबैका लागि खुशी र प्रेरणाको श्रोत हो। जसले हाम्रो हजारौ वर्ष पुरानो धर्म र संस्कृतिको संरक्षण र प्रबर्धनमा महत्वोपुर्ण योगदान गर्छ। नया पुस्ताको ठुलो संख्या आधुनिकता र ब्यबसायिक शिक्षा तर्फ लम्किदै गर्दा रिडिमा भने पन्थी लगायतको एउटा पुस्ताको यो क्षत्रमा भएको आगमनले रिडि जस्तो धार्मिक पावन भुमिको महात्मे अझ बढ्ने निस्चित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्