fbpx

धर्मशाला निर्माणको सपना पूरा गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनाल रिडिमा

रिडि, जेष्ठ ३०। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आज धर्म शाला निर्माणको सपना पूरा गर्न रिडि आउनु भएको छ। स्वर्गीय पिता डा. टिकाराम खनालको पुन्य स्मृतिमा रिडिको लामो चौपारिमा अबस्थित आफ्नो पुर्ख्यौली घर नवनिर्माण गरि धर्म शाला निर्माण गर्नका लागि उहाँ रिडि आउनु भएको हो। त्यतै जिर्ण अबस्थामा रहेको ऐतिहासिक लामो चौपारी समेत पुनर्निर्माण गर्ने उहाँको योजना रहेको छ।
त्यसैगरि आजै उहाँको उपस्थितिमा धर्मशाला निर्माण समिती गठन गरिएको छ। शंकर भट्टराईको अध्यक्षतामा १५ सदस्यीय गठित समितिमा हिमाल श्रेष्ठ उपाध्यक्ष रहनु भएको छ। त्यस्तै सचिब: नबराज बिक, कोषाध्यक्ष : यमनाराण भन्डारी रहनुभय को छ । त्यस्तै सदस्यहरुमा क्रमश: राम लाल बिक, सुबर्णलाल कक्षपाति, लक्ष्मी ज्ञवाली, तारा सुवेदी, फर्सुराम पौडेल, लिला कँडेल, प्रेम भन्डारी, भुबन खनाल (गुल्म गण्पती पदेन) र निमाण का तर्फबाट रण बा थापा रहनु भएको छ। त्यस्तै सल्लाहकार सदस्यहरुमा केशरमान बजिमय, चन्द्र्लाल कसजु, ओम अमात्य, बिष्णु ज्ञवाली, तुल्सी श्रेष्ठ र चुडामणिा कंडेल रहनु भएको छ। समितिले भोलि देखिनै कार्य सुरु गर्ने भएको छ।

पत्रकार चुडामणि तिमल्सिनाको सहयोगमा तयार गरिएको रिपोर्ट

तपाईको प्रतिक्रिया दिनुहोस्