fbpx

नेपाल अभिभावक संघ प्रदेश नं. ५ गठन, गुल्मीका थापा बने अध्यक्ष

बुटवल, ९ असार । नेपाल अभिभावक महासंघ प्रदेश न. ५ स्तरिय कमिटि गठन भएको छ । प्रदेश न ५ का १२ जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा ३१ सदस्यीय नेपाल अभिभावक महासंघ प्रदेश न. ५ गठन गरिएको हो ।

महासंघको अध्यक्षमा गुल्मिका हेमबहादुर थापा निर्वाचित भएका छन भने उपाध्यक्षमा अर्घाखाँचीबाट राम बहादुर रायमाझी ,महिला उपाध्यक्षमा रुकुमबाट दिलकुमारी मल्ल,सचीवमा रुपन्देहीबाट झबिन्द्र प्रसाद पौडेल, महिला सचिबमा रुपन्देहीबाट जया पौडेल ,कोषाध्यक्षमा दाङबाट रामप्रसाद गैरे र सहसचिवमा बर्दियाबाट निरञ्जन चौधरी सहित ३१ सदस्यीय पदाधिकारी निर्वाचीत भएका छन। नवनिर्वाचीत पदाधिकारीलाइ प्रमुख अतिथी तथा केन्द्रिय संयोजक धर्मदत्त देवकोटाले सपथ ग्रहण गराउदै अभिभावकहरुको हकहितका लागी सवै पदाधिकारीलाइ लाग्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिए ।

नेपाल अभिभावक महासंघ केन्द्रिय सदस्य पुर्णचन्द्र पाण्डेको अध्यक्षता र महासंघका केन्द्रिय संयोजक धर्मदत्त देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा राम बहादुर रायमाझी ,पुर्णचन्द्र तिवारी,भक्तीराम पन्थी लगायतले नवनिर्वाचित प्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना दिए । कार्यक्रमको सञ्चालन महासंघका रुपन्देही जिल्ला सचीव हेमबहादुर थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्