fbpx

रिडि बसपार्क चोकका जनताको गुनासो पूरा गर्दै मन्त्री बैजनाथ

रिडि, आषाढ१४। रिडिको बसपार्क चोक देखि अर्घाखाँची तर्फ जाने रिडि बजारको सडक कालोपत्रे हुने भएको छ। रिडि बजारको अधिकांस भागमा पक्की सडक निर्माण भइसकेको तर यो खण्डमा भने सडक कच्ची अबस्थामा छोडिदा चित्त दुखाएका यहाँका जनताको गुनासो अहिले बल्ल पूरा हुने भएको छ। झण्डै पचास लाख रुपैयाको लागतमा ५ नम्बर प्रदेश सरकारले यो सडक लाई कालो पत्रे गरिदिने भएको छ। प्रदेश ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरी द्वारा आज एक कार्यक्रमका बिच उक्त सडक खण्डको कालो पत्रे गर्ने कार्यको शिलान्यास गर्नु भएको छ। आजै उहाँले रिडि बजार खाने पानी डिप बोरिङको समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्