fbpx

रिडि वासिले मुक्ती पाए पिउने पानीको समस्या बाट, मन्त्री चौधरी द्वारा डिप बोरिङ उदघाटन।

रिडि, आषाढ१४, चुरामणि तिमल्सिना । रिडि बजारमा हालै निर्माण सम्पन्न भएको डिप बोरिङ खानेपानी आयोजनाको आज एक कार्यक्रमका बिच प्रदेश ५ का भौतिक पुर्बाधार बिकास मन्त्री बैजनाथ चौधरीले शुभारम्भ गर्नु भएको छ। करिब २४ लाख रुपैयाँको प्रारम्भिक बजेतमा निर्माण सुरु गरिएको यो योजनाका लागि आबश्यक थप बजेत
पनि प्रदेश सकार ले उपलब्ध गराउने छ।
रिडि बजारमाका करिब २५० घरधुरी लाभान्वित हुने यो आयोजनाको पानी रिडि बजार , लामोचौपारी तथा बिष्णु पन्जर लगायत को क्षेत्रमा वितरण गरिने छ।

शुभारम्भ कार्याक्रममस प्रदेश ५ का विशेष अधिकार समितिका सभापति माननीय कमलराज श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो भने अतिथिहरुमा जिल्ला समन्वय समितिका उपप्रमुख तुल्सी श्रेष्ठ, रुरु गापा का अध्यक्ष निलकणठ गौतम, रुरु १ का वाड अध्यक्ष रामलाल बिक,जनप्रतिनिधिहरु,पत्रकार, महिला समूह तथा स्थानीय वासी लगायको उपस्थिति रहेको थियो।

रुरु संयुक्त खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष फर्सुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गाबिस अध्यक्ष केशर मान बजिमयले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। त्यस्तै यो आयोजना रिडिमा ल्याउनका लागि बिशेष पहल गर्ने रिडि बजार निवासी बिष्णु ज्ञवालीलाई अभार प्रकट गरिएको थियो। कार्याक्रम मा इन्जिनियरहरुले यो पानी स्वच्छ भएकोले पिउन योग्य भएको बताए।

करिब १५६ मिटर गहिराइ बाट पानी निकाली लिफ्टिङ मार्फत रिडि मा बि मा रहेको पानी टंकिमा संकलन गरि बितरण गरिने समितिका अध्यक्ष फर्सुराम पौडेलले जानकारी दिनु भयो। कार्याक्रमका प्रमुख अथिती तथा मन्त्री चौधरीले रुरुका सबै बिकासमा प्रदेस सरकार बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। उहाँले आजै रिडिको माथिल्लो बसपार्क अमराइ टोलमा सडक कालोपत्रे गर्ने कामको सिलिन्यास गर्नुभएको छ। पञ्चे बाजा सहित शिलान्यास गरिएको उक्त कार्यक्रमको सन्चालन समाज सेबि हिमाल श्रेष्ठले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्