fbpx

संचार माध्यममा खबर आएपछि पाल्पा जोगिथुमका कुपोषित बालबालिकाहरु लाई राहत जुत्न थाल्यो।

रिडि,आषाढ१६। पाल्पाको रिब्दिकोट गाउँ पालिका १ कुमाल बस्ती जोगिथुममा रहेका शारिरिक र मानिसक रुपममा अति अशक्त बालबालिका हरुको बारेमा विभिन्न संचार माध्यमहरुमा समाचार आए पछि उनिहरुका लागि राहत आउन थालेको छ। समाचार सुने पछि काठमाडौंका बासुदेव केसिले जोगिथुमको स्थलगत अबलोकन गरि बालबालिकाको स्वस्थ्य अवस्थाको जानकारी लिएका थिए। एकै स्थानमा यति धेरै संख्यामा कुपोषित तथा मानसिक समस्याका बिरामी बालबालिकाहरु भेटे पछि केसिले सहयोगका लागि तत्परता देखाएका छन। उनले तत्कालका लागि १० जना शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि प्रती महिना २ हजारको दरले पैसा पाउने गरि कुमारी बैंकमा २ लाख ४० हजार रुपैया जम्मा गरिदिएका छन। भने पोशाकहरु पनि उपलब्ध गराइएको छ। त्यस्तै सोही बस्तिकै कालिका आधारभुत बिद्यालयमा पढ्ने २५ जना स्कुले बालबालिकाहरुका लागि बिद्यालय पोशाक उपलब्ध गराएका छन।

कुमाल वस्ती भनेर चिनिने पाल्पाको जोगिथुम गाउंमा धैर्रे जसो बालबालिकाहरु कुपोषणका कारण शारिरिक र मानसिक रोगका सिकार भएका छन। गाउँका अधिकांश घरमा कुनै न कुनै रोग बाट सिकार भएका बालबालिकाहरु पाउन सकिन्छ। संचार माध्यमहरुमा यो खबर संप्रेसित भए पछि यहि १८ गते प्रदेश ५ का सामाजिक बिकास मन्त्री माननीय सुदर्सन वलाल स्थलगत अबलोकनका लागि जोगिथुमको कुमाल बस्ती जानू हुने भएको छ ।

रुरु नेटवर्कका लागि पत्रकार चुडामणी तिमल्सिनाको सहयोगमा तयार गरिएको रिपोर्ट

तपाईको प्रतिक्रिया दिनुहोस्