fbpx

मन्त्री बराल द्वारा सांङ्लाले बाँधिएका ८ बर्षिय बालकको उद्धार


रिडि, आषाढ१९। साङलो ले वाधेर राखिएका पाल्पा रिब्दिकोट गाउपालिका १ ख्याहा जैथुमका ८ वर्षिय वालकको उद्धार गरिएको छ । प्रदेश नं ५का सामाजिक विकास मन्त्रि सुदर्शन बरालको पहलमा शिव कुमाललाई उद्धार गरी मानव सेवा आश्रम बुटवलमा लगिएको छ ।

साथै बालक को मन्त्री बरालको सहयोग मा भोली बाटै उपचार थालिने छ। त्यस्तै जैथुम मा अपांगता हुनुको कारण पत्ता लगाउन का लागी पानी को मुल परिक्षण, मानिस को आहारब्यहार, सामाजिक रितिरिवाज लगायत को बिषय मा गहन गरि अध्ययन गरीने भएको छ ता कि अागामी दिनमा अपांग बच्चा नजन्मने स्थिती पैदा गर्ने,सबै लाई सचेत बनाउने र हाल अपांग भएका ब्यक्तीहरू लाई सहयोग गर्दै सहज जिवनयापन का लागी सहयोग प्रदान गर्ने मन्त्री सुदर्शन बरालले बताउनु भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्