fbpx

अग्लुङ्गका महिलाहरुलाई शसक्तिकर र सीप विकास तालिम प्रदान

गुल्मी, २२ असार । गुल्मीको मदाने गाउँपालिका वडा नं १ अग्लुङ्गका महिलाहरुलाई शसक्तिकरण र सीप विकास तथा सीप विकास तालिम प्रदान गरिएको छ । गाउँपालिकाका बार्षिक कार्यक्रम अन्तरगत दुई दिने तालिम प्रदान गरिएको हो । संविधानमा महिला अधिकार, नयाँ मुलुकी संहिता, नेतृत्व विकास, आधारभुत उद्घोषण, सकरात्मक सोच, गाउँपालिकामा महिलाहरुको स्थिती र योजनाहरु लगायतका विषयमा जानकारी दिइएको थियो । तालिममा गाउँपालिका उपप्रमुख सरिता खड्का, महिला मानव अधिकार रक्षक संजालकी जिल्ला अध्यक्ष हिरा कुवंर, नेपाल पत्रकार महासंघका सचिव टोपलाल अर्याल लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका उपप्रमुख खड्काले तालिममा सिकेको कुरालाई व्यावहारमा लागु गर्न आग्रह गरिन् । उनले महिला क्षेत्रमा अरु धेरै सीप र उद्यमका कार्यक्रम संचालन गरेपनि चेतना विनाको उपलब्धी सार्थक नभएकाले यो तालिमको आयोजना गरेको बताइन् ।

महिलाहरुको उत्साह र सहयोग विना आफुले गाउँपालिकामा योजना माग गर्न र कार्यक्रम संचालन गर्न गाह्रो हुने भएकाले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् । त्यस्तै वडाध्याक्ष प्रेम चन्द बोहोराले महिलाहरु सीप विकास भनेर मुडा बुनाई र सिलाईकटाई मात्रै नभनेर शसक्तीकरण सहितको आर्थिक समृद्धी तर्फ जोड दिन आग्रह गरे । उनले तालिमहरुलाई समय कटाउने माध्यममात्रै ठानेकाले व्यावसायीक बन्ने महिलाहरुको संख्या अत्यन्तै कम रहेको बताए । त्यस्तै सहभागीको तर्फबाट दुर्गा विकले आफ्नो भनाई राखेकी थिइन् ।

उनले महिलाहरुलाई अझै पनि घरबाट बाहिर ल्याउन गाह्रो रहेको अनुभव सुनाइन् । कार्यक्रम मदाने गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्दको अध्यक्षता, गाउँपालिका उपप्रमुख खड्काको प्रमुख आतिथ्यता तथा डिल्ली भट्राईको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्