fbpx

केशव ज्ञवालीको आधुनिक एल्बम “जिन्दगी” सार्वजनिक

गुल्मी, २४ असार । मलाई बहुला नभन दोहोरी गीत बाट चर्चा बटुलेका गायक केशव ज्ञवालीले आधुनिक एल्बम “जिन्दगी” सार्वजनिक गरेका छन् । गीतमा जिन्दगीमा थोरै जित र धेरै हार भएको गुनासो ज्ञवालीको छ। गीतमा शब्द सङ्गीत स्वर र अभिनय समेत आफ्नै रहेको छ भने युवा निर्देशक आभास ज्ञवालीको निर्देशनमा सुरज पाण्डेको छायांकन र सम्पादन रहेको छ । दर्जनौ दोहोरी गीतमा स्वर भरेका केशव आधुनिक र गजल तर्फ पनि उत्तिकै अब्बल मानिन्छन्। केही समय अघि दिपक ज्ञवाली को शब्द अनि केशव ज्ञवालीले दिएको सङ्गितमा मिलन अमात्यले गाएको गजल “कोहि कोहि आधा उता कोहि कोहि आधा यता तड्पिराछ्न कृष्ण उता तडपी रैछु राधा यता ” टेलीभिजनमा प्रमोशन गर्ने क्रममा सङ्गीत क्षेत्रमै एक किसिमको तरङ्ग पैदा भएको थियो। केशव ज्ञवालीको सङ्गीतमा अन्जु पन्त, मिलन अमात्य, सरिता पन्थी, बालकृष्ण पाण्डे जस्ता चर्चित गायक हरुले स्वर भरेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्