fbpx

Breaking News: लुम्बिनी मेडिकल कलेजमा बच्चा चिर्ने महिला पक्राउ:

 पाल्पा, आषाढ२८। पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चाेर्ने महिलालाइ प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ । शुक्रबार दिउँशाे ३ बजे तानसेन ९ मदनपाेखराकी जमुना रानाकाे बच्चा चाेरेर फरार रहेकी महिलालाइ प्रहरीले स्याङ्जामा नियन्त्रणमा लिएकाे स्राेतले जनाएकाे छ ।

नियन्त्रणपछि बच्चा र चाेरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याइएकाे प्रहरीले जनाएकाे छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शु्क्रबार जमुनाकी आमालाइ सहयाेग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।

प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र अासपालका जिल्लामा खाेजी गरेकाे थियाे । नवजात शिशु चाेरीमा संलग्न महिलाकाे परिचय भने खुलाइएकाे छैन । उनीमाथि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्