fbpx

पहिरो ग्रस्त ठूलो लुम्पेकमा खाद्यान्न संकट।

रिडि, श्रावण७। सोमबार देखि परेको अबिरल बर्षाका कारण पहिरो ग्रस्त सत्यवती गाँउपालिका वडा नम्बर ३ ठुलोलुमपेकमा खाद्दान्न संकट देखिएको छ ।

पहिरोका कारण यातायत बिद्दुत खानेपानीको समस्या भएको गाँउपालिका अध्यक्ष पारेश्वर ढकालले बताउनु भयो ।
यातायत अवरुद्ध भएका कारण खाद्दान्न अभाब भएको हो ।

अध्यक्ष ढकालले स्थानिय बजारको खाद्दसामाग्री अन्यत्र बिक्री नगर्न स्थानिय ब्यापारि संग आग्रह गर्नु भएको छ ।
वडा नम्बर ३ ठुलोलुमपेकका करिब ३०० घर बिस्थापित भएका छन । बिस्थापितहरु लाई स्थानिय बिध्यालयमा
अस्थाई रुपमा बासको ब्यवस्था गरिएको छ । तर खाद्दसामाग्री आवस्यक छ ।

वडा नम्बर ३ ठुलोलुमपेकमा साना ठुला गरि करिब ३ सय वटा पहिरो गएको छ । यसै वडाको सिङ्दीका ५५ घरधुरीको
उठिबास लागेको छ, बाल बालिका माहला बृद्ध जेष्ठ नागरिकको बिचल्ली भएको छ ।सत्यवती गाँउपालिका वडा नम्बर ३ को, साबिकको वडा नम्बर ६ सिङ्दी गाँउ पुरै खाली भएको छ ।

समाचार श्रोत: रुरु एफएम डटकम

तपाईको प्रतिक्रिया दिनुहोस्