fbpx

पहिरो अपडेट : रातभरको बर्षाले उद्धारमा समस्या सडकहरु अवरुद्ध हुँदा राहत बाटोमै थन्कियो

गुल्मी, ८साउन।मंगलबार साँझबाट पुन सुरुभएको अवरिलबर्षाले पहिरो प्रभावित क्षेत्रमा उद्धारमा समस्या थपिएकोछ।बर्षा नरोकिएको कारण बेपत्ताको खोजीकार्य अगाडी बढाउन नसकिएको जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले बताए।सत्यवति गाउँपालिका वडानं ४ लिम्घामा ७ बर्षीय तारा विक र डेढ बर्षीय सुमन विक अझै बेपत्ता छन्।भने वडा नं ३ ठुलो लुम्पेकमा माया र बवि विक पहिरोमा हराइ रहेको सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताए।उनले आजपनि रातभर ठुलो पानी परिरहेकाले उद्धार गर्ने कुनै उपाय नभएको बताए।

६ सय परिवारले घर छाडे

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ।सत्यवति गाउँपालिका वडा नं ३ ठुलो लुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ।त्यस्तै लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सयजनालाई स्थानीय धर्मपुर मावि तथाअस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाध्यक्ष रुक बहादुर रानाले बताए।त्यस्तै वडानं ४ लिम्घामा पनि दुई सय घरपरिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ।वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरोनै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर आएका छन्।

राहतबाटोमै: गाउँमाखाद्यसंकट

पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ।पहिरोले सवै भन्दा वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ। जसका कारण मंगलबार उद्धारमा पुग्ने सुरक्षा कर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए।भने राहत बोकेर हिडेका गाडीहरु शाहा घाटमै दुई दिनदेखि रोकिएका छन्।सडक अबरुद्ध भएपछि झण्डै दुई सय मानिसहरु लाई स्थानीय स्तरमा व्यावस्थापन गर्न निकै मुस्किल परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए।उनले गाडी बजारबाट आउने संभावना नभएकाले गाउँको स्टक दाल, चामल, चाउचाउ, बिस्कुट लगायतका सामग्री सकिएकाले थप व्यावस्थापन चुनौति पूर्ण भएको बताए।त्यस्तै ठुलो लुम्पेक जाने सवै सडक अबरुद्ध छन्।विभिन्न स्थानबाट आएको राहत सामग्रीहरु रुद्रवेणीमा रोकिएको वडा नं १ का वडाध्यक्ष भिम लाल पाण्डेयले बताए।

हेलिकप्टर परिचालन गर्दैछौ: प्रजिअ

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि उद्धार राहतमा समस्या देखिएकाले हेलिकप्टर परिचालन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। ‘सडकको कुनै बिकल्प भएन, राहत बाटोमै रोकिएपछि समस्या देखिएको छ,’ उनलेभने,‘मन्त्रीहरु संग समन्वय गरेर हेलिकप्टर मार्फत राहत पु¥याउँछौ।’ उनले जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएको भएपनि अब खान पानमा समस्या हुनेतर्फ आफुहरु सचेत भएको बताए।पहिरोमा पुरिएर अहिले सम्म दुई स्थानमा ९ जनाको मृत्यु तथा ४ जना बेपत्ता भएका छन्।भने दुई जना घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्