fbpx

श्रृंगेश्वर क्रिकेट उपाधि सूर्योदय बलेटक्सारले उचाल्याे , हुँगा द्वितीय

साउन १० गुल्मी । श्रृंगेश्वर युवा क्लबले आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि सूर्योदय युवा क्लब रुरु गाँऊपालिका बलेटक्सारले जितेको छ । उपाधि संगै उस्ले नगद २५ हजार कप मेडल र प्रमाणपत्र हात पारेको छ ।प्रतियोगितामा हुँगा युवा क्लब छत्रकोट १ हुँगा दोस्रो हुदै चित्त बुझाएको छ । हुँगाले नगद १२ हजार पाँच सय मेडल र प्रमाण पत्र हात पारेको हाे ।

खेलको एक औपचारिक कार्यक्रम गरि समापन गरिएको छ । क्लबका अध्यक्ष केशर कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छत्रकोट गाँऊपालिका अध्यक्ष मधुकृष्ण पन्थको प्रमुख आतिथ्यता रहेको थियो । छत्रकोट गाँऊपालिका वार्ड न ४ का वडा अध्यक्ष डिलाराम न्यौपाने, नेकपाका नेता होमनाथ कंडेल, रामु कंडेल, रबि कंडेल, श्रृङ्गा प्रहरी चौकी प्रमुख हरिकिशन पुन, रेडियो श्रृङ्गेस्वरका स्टेशन प्रमुख दामोदर ज्ञवाली , रुरु एफएमका युगराज बश्याल, स्थानिय समाजसेवि, खेलाडी लगायतको उपस्थिती रहेको थियो ।
क्लबका सचिव सन्तोस कण्डेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन भुबन भुसालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्