fbpx

माइती देशको सहयोगका लागि फेरि जुटे रिडिका चेलिहरु

रिडि, श्रावण ११। रिडि माइती भइ हाल बुटवल बसोवास गर्दै आएका रिडिका चेलिहरु फेरि एक पटक आफ्नो जिल्लामा भएको पहिरो पिडितको सहयोगका लागि जुटेका छन। हालै गुल्मिको सत्यवती गाउँपालिकाको ठुलो लुम्पेक तथा लिम्घामा भएको पहिरो पिडितहरुको सहयोगार्थ रुरु मिलन केन्द्रले आर्थिक संकलन गरेको छ। रिडि माइत भइ बुटवल बसोवास गर्दै आएका चेलिहरु द्वारा गठित रुरु मिलन केन्द्रले १० हजार रुपैया आर्थिक संकलन गरि पिडितहरु समक्ष पठाएको छ्। यसका लागि रिडिमा गठित संयुक्त राहत संकलन समिति लाई उक्त नगद रकम हस्तान्तरण गरेको छ।

रिडिमा अहिले वडा कार्यलय, उद्योग बाणिज्य संघ रिडि शाखा, रुरु फ्रेन्डस क्लब तथा महिला समुहले संयुक्त रुपमा पहिरो पीडितहरुका लागि राहत संकलन गरिरहेको छ।
गएको २ बर्ष अघि रिडिमा भएको पहिरो पीडितहरु लाई पनि रुरु मिलन केन्द्रले राहत बितरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्