fbpx

काठमाडौंका रिडि वाले चेलिहरु पनि जुटे माइती देशको पिडामा मल्हम लगाउन।

रिडि, श्रावण ११। रिडि माइती भइ हाल काठमाडौं बसोवास गर्दै आएका चेलिहरु पनि आफ्नो जिल्लामा भएको पहिरो पिडितको सहयोगका लागि जुटेका छन। गत साता गुल्मिको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक मा भएको पहिरो पिडितहरुको सहयोगार्थ रुरु काठमाडौं महिला मंचले नगद २१ हजार रुपैया आर्थिक संकलन गरि पिडितहरु समक्ष पठाएको छ्। महिला दिदिबहिनीहरुले आफू आफुमा सो रकम संकलन गरि सत्यवती गाउँ पालिकाको बैंक खातामा जम्मा गरि त्यहाँका अध्यक्ष पारेश्वर ढकाल लाई जानकारी गराएको छ।

रुरुक्षेत्र रिडि घर/माइति भइ काठमाडौं बसोबास गर्दै आएका दिदीबहिनिहरुलाई संगठित गरि एक आपस मा सहयोग को बाताबरण सृजना गर्ने ,क्षमता अभिबृदि गर्ने तथा सामाजिक कार्यमा अग्रसर भइ सामाजिक याेगदान पुर्याउनका लागि रुरु काठमाडौं महिला मंचको दुइ बष अगाडि स्थापना भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्