fbpx

खेतमा पानी लगाउने बिषयमा बिवाद हुँदा गुल्मीमा एक जनाको हत्या

गुल्मी, १५ साउन । गुल्मीको मुसिकोटमा खेतमा पानी लगाउने बिषयमा बिबाद हुँदा एक जनाको हत्या भएको छ । मंगलबार राति साढे ११ बजे मुसिकोट नगरपालिकाल ३ का ४५ बर्षीय लक्ष्मण कुमाल र ३९ बर्षीय मोतिलाल कुमालबिच बिबाद भएको हो । बिबादले उग्र रुप लिएपछि लक्ष्मण कुमालले मोतिलाल कुमालको घाँटीमा हसिया प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख दिपक कुमार बस्नेतले बताए । हत्या गर्ने लक्ष्मण कुमाललाई रातिनै गिरफ्तार गरिएको छ । शबको केहिबेरमा गुल्मी अस्पतालमा पोष्टमार्टम गरिने बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्