fbpx

रिडिमा महायज्ञको तयारी तिब्र

रिडि, श्रावण १८। रुरु धाम रिडिमा भाद्र २८ गते देखि असोज १७ सम्म सन्चालन हुने एतिहासिक, धर्मिक तथा सास्कृतिक तुलादान महामहोत्सव एबम लिलामय संगीतमय श्रीमदभागबत तथा पितृ बिराट ज्ञान महायज्ञ २०७६ आयोजना को लागि सचिबालयमा तयारी बौठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयको छ। समितिका अध्यक्ष गुरुप्रसाद अध्यक्षको सभापतित्वमा भयको उक्त कार्यक्रम रुरु गाउपालिका का अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथि रहनु भएको थियो। रुरु गाउँपालिका का उपाध्यक्ष लक्ष्मी देबि पन्थ विशिष्ट अतिथी रहनु भएको थियो । गोभिन्द मरासिनी को स्वागत रहेको कार्यक्रममा सन्दिखर्क नगरपालिका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली, रुरु १का वडाध्यक्ष रामलाल बिक, ता न प १४ का वडाध्यक्ष कमल राना, रुरु ३ का वडाध्यक्ष शेषनारायण पौडेल, ईलाका प्रहरी कार्यलय रिडिका कार्यलय प्रमुख राधेश्याम सिंह सैथवार, दान वीर पसुपती अमात्य ता न पा १४ का वाड सदस्य सीता ज्ञवाली, सप्तचन्डी महिला समुहका अध्यक्ष धना राना कालिका आमा समुहका अध्यक्ष रेनुका पन्थी महिला सम्न्यय समिति ता न प १४ का अध्यक्ष सरस्वती गैरे, आर्थिक समितिका अध्यक्ष ज्ञवाली समाज सेबि शंकर भट्टराई ,पत्रकार, समाजसेवि उद्योग बाणिज्य रिडिका अध्यक्ष सुबर्ण लाल कक्षपाति लगायतको उपस्थिति रहेको थियो। कार्याक्रममा केही प्रमुख लाई मनोनयन पत्र समेत प्रदान गरिएको थियोे २१ दिन सम्म संचालित यज्ञमा प्रमुख बाचक बाल योगेश्वोर महाराज बाट हुनेछ। अहिले प्रचार प्रसार तीव्रताका साथ अगाडी बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्