fbpx

बिबिध कार्यक्रम गरि रिडिमा जनजाती दिवस मनाइयो।

रिडि,श्रावण२४, चुरामणी तिमल्सिना। रुरु गाउँपालिका वाड न १ को रिडिमा २५ औ आदिवासी जनजाति दिबस विविध कार्यक्रमका साथ मनाइएको छ। जनजाति मन्च रिडिका अध्यक्ष सुबर्णलाल कक्षपतिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मिका उपप्रमुख तुल्सी श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा नेकपा गुल्मी जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ, पुर्ब गाबिस अध्यक्ष केसरमान बजिमय, रुरु गाउपालिका मगर सङ का अध्यक्ष रण बाहादुर राना , सप्तचन्डी महिला समुह अध्यक्ष धना राना , मगर सङ रिडिका अध्यक्ष नरेन्द्र रेस्मी नेवा जाती भासा पुच रिडि साखा उपाध्यक्ष जीवन कुमार कसजु, तमु समाज रिडिका अध्यक्ष सुरज गुरुङ, प्रहरि,पत्रकार तथा स्थानीय वासिहरुको उपस्थिति रहेको थियोे।

कमल थापाको सवागत मन्तव्य रहेको थियो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले अब जनजाति हरु एक भएर लागेमा जनजातीका अधिकारहरु सुनिश्चित हुने बताउनुभयो। कार्यक्रममा बोल्दै मन्चका अध्यक्ष कक्षपतिले जनजातिको कार्याक्रम सफल पार्न सबै पक्ष बाट सहयोग नगरेको गुनासो गर्नुभयो। त्यस्तै आगामी दिबसमा गाउपालिकाले सहयोग गरेमा खाना महोत्सव गर्ने बताउनुभयो। थियो कार्यक्रमको सन्चान सचिब पदम थापाले गर्नुभएको थियो।

जनजाती दिवसको अबसरमा आजै जनजातिहरुले आ आफ्नो पहिचान झल्कने पोषाक सहित रिडि बजारमा र्याली निकालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्