fbpx

गुल्मीमा राष्ट्रिय परिचय पत्र शुभारम्भ

गुल्मी, ३२ साउन । पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गुल्मीमा राष्ट्रिय परिचय पत्रको शुभारम्भ गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचय पत्रको शाखामा पुगेर आफ्नो विवरण संकलन गरेर शुभारम्भ गरे । अव जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य थालनी भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्ला प्रशासन कार्यालय र प्रत्येक स्थानीय तहमा टोली पुगेर विवरण संकलन गरिने छ ।

अव जिल्ला प्रशासनको आइतबारबाटै नागरिकता वितरणसंगै फोटोसहितको मततादा नामवली र राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिने पौडेलले जानकारी दिए । अहिलेसम्म शाखा स्थापना र पुर्वाधार तथा जनशक्ति व्यावस्थापनको काम भएकाले विवरण संकलन सुरु गरिएको प्रशासन कार्यालयले जनाएको छ । एक बर्षमा भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्