fbpx

प्रेस दुरुपयोग गरेर स्वतन्त्रता नमागौ : मन्त्री ज्ञवाली

गुल्मी, ३२ साउन । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रताका बिषयमा गम्भिर भएकाले सधै सम्मान गर्ने बताए । तर प्रेसमा आएका सवै कुरामा राज्य सहमत नहुनेमा जोड दिए । ‘कलम बलियो सत्य र विश्वसनियताले हो तर त्यो गुम्दै गएको छ,’उनले भने,‘ प्रेस दुरुपयोग गरेर स्वतन्त्रता प्राप्त हुँदैन् ।’ उनले पछिल्लो समय रिस पोख्न अनलाइन र पत्रिका निस्किन थालेको बताए । रवि लामिछानेको बिषयमा पनि उनले कोहि व्यक्ति कानुनभन्दा माथी नभएकाले छानविन र सोधपुछ गरेकै भरमा सडक तात्नु गलत भएको बताए ।

अवको काम दिगो विकास
विभिन्न कामको शिलसिलामा गृह जिल्ला आएका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारको अवको प्रमुख काम दिगो विकास भएको बताएका छन् । उनले अझै पनि सरकारले लक्ष्य अनुसारको पुँजिगत खर्च खर्न नसकेको स्विकार गर्दै दण्ड र पुरस्कारको व्यावस्था मार्फत निर्माण व्यावसायीलाई घचघच्याउनुपर्ने आवश्यकता रहेको बताए । देशमा तोकिएका योजना समयमै पुरा नहुने, काम सम्पन्न भएका योजना पनि गुणस्तरिय नहुने र योजनाको डिजाइनिङ्ग समेत गलत गर्ने प्रवृतिको अन्त्यका लागि सरकार कडाईका साथ अगाडी बढ्ने ज्ञवालीको भनाई रहेको छ । उनले समयमै गुणस्तरिय काम गर्ने व्यावसायीलाई पुरस्कृत तथा काम नगर्नेलाई दण्डको नीति मार्फत अबलम्बन गर्नुपर्नेमा जोड दिए ।


वार्ता कार्यकर्ता छुटाउने थलो होइन
मन्त्री ज्ञवालीले नेकपा माओवादी बिप्लवले सरकारसंगको वार्तालाई कार्यकर्ता छुटाउने माध्यम बनाएको बताए । नेपाल पत्रकार महासंघ गुल्मीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सरकार वार्ता र संवादको लागि रेड कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहे पनि बिप्लप समुहले वार्तालाई आफ्नो शक्ति संचय र कार्यकर्ता छुटाउने थलो बनाएको आरोप लगाए । ‘गलत उदेश्य बोकेर बिप्लप आफैले हिंसा निम्त्याएको हो,’उनले भने,‘ नागरिक हत्या, भौतिक संरचनाको क्षति गर्दै लोकतन्त्र उल्टाएर अब के ल्याउने ? उनले प्रतिप्रश्न गरे ।’


ठुलोलुम्पेकमा एकिकृत बस्ती
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन र भूगोल मिल्ने ठाउँमा पहिरो प्रभावितको पुर्नस्थापना गर्ने बताएका छन् । उनले पहिरो प्रभावित क्षेत्रको अवलोकन, बिस्थापित परिवारसंग भेटघाट तथा रोटरी क्लवले सहयोग गरेको राहत सामग्री हस्तान्तरण गर्दै बिपत्तिमा तीन तहकै सरकारको साथ मिलेकाले बिचल्लीमा कोहि नपर्ने बताए । मन्त्री ज्ञवालीले अस्थायी आवासमा बसोबास गर्ने पीडित परिवारको स्वास्थ अवस्था, खाना तथा खानेपानीको विषयमा गम्भीर बन्न स्थानीय प्रशासन र स्थानीय तहलाई निर्देशन समेत दिए । गत साउन ६ गतेको प्राकृति बिपत्ति पश्यात मन्त्री ज्ञवाली ३ पटक प्रभावित क्षेत्रमा आएका छन । सत्यवती ३ को ठुलोलुम्पेकमा मात्रै अझै पनि तीन सय परिवारका साढे १२ सय जना घर बाहिर रहेका छन् । सत्यवती गाउँपालिका वडा न २, ३ र ४ वडामा गरेर १३ जनाले ज्यान गुमाएका थिए । भने पहिरोले करोडौंको भौतिक संरचना, कृषिबाली, सडक र सिचाइमा क्षती पुराएको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्