fbpx

रिडिमा महायज्ञको आबश्यक्ता र महत्व किन?

सुन्दर कसजू, रिडि। रुरुक्षेत्र रिडि धार्मिक र प्राचीन इतिहासको दृस्टीमा महत्वोपुर्ण गन्तव्य हो। हाम्रा बेद पुराणहरुमा ऋषि तथा तपस्वीहरुले रुरुक्षेत्र लाई आफ्नो गन्तव्य प्राप्तिको मुल थलोको रुपमा लिदै आएको पाइन्छ। भिर्गु ऋषि, देवदत्त र रुरु कन्या यसका प्रतिनिधि पात्र हुन। यति मात्र होइन इन्द्रियहरुको मालिक(ऋषिकेश) भगवान बिश्नुको यसै स्थानमा बिराजमान हुनु यहाँको धार्मिक महात्मे प्रस्त्याउने अर्को बिशिस्ट उधारण हो। यो रुरुक्षेत्रको धार्मिक पौराणिक पाटो हो। यसको अर्को पाटो प्राचीन ईतिहास र व्यावसायिक पाटो हो। प्राचीन कालमा रिडि सामरिक र ब्यबसायिक दृस्टीमा महत्वोपुर्ण स्थान मानिन्थ्यो। यो कालमा भोट देखि भारत प्रस्थान गर्ने महत्वोपुर्ण नाकाको रुपमा रिडि लाई लिइन्थ्यो भने यसलाई इतिहासकारहरुले रेशमिको मार्गको रुपमा पनि व्याख्या गरेको पाइन्छ। यहि नाका भएर भोट तथा भारतका ब्यापारीहरु आवागमन गर्दथे। यात्राकै क्रममा उनिहरुले रिडि लाई ब्यापारिक अड्डाको रुपमा समेत प्रयोग गर्दथे। यहि भौगोलिक अवस्थिती र धार्मिक महात्मेका कारण बर्षको विभिन्न समयमा हिन्दु धर्मानुरागिहरुको तिर्ठाटनका लागि महाजमघटहरु हुने गर्दथे। जस मध्ये माघे संक्रान्ती मेला एउटा दिवस हो भने अरु धेरै धार्मिक दिवसहरुमा पनि ठुलो संख्यामा मानिसहरुको उपस्थित हुने गर्दथ्यो। यसैको फाइदा उठाउन चिनका भोटेहरु देखि भारतीय जोगि जालन्धर तथा ब्यापारिहरु रिडि आउने गर्दथे, नेपाली ब्यापरी त स्वतह आउने नै भए।
यी त भए पराना कुरा। तर अहिलेको जमना भने उल्टिएको छ। धार्मिक गन्तव्यको कुरा गर्ने हो भने रिडि भन्दा अन्यत्रका ठाँउहरु धेरै अघि बढिसकेका छन। आर्थिक त कुरै नगरौ रिडिले न कुनै सामान उत्पादन गर्छ न बिक्री नै। समय परिस्थितिले रिडि बाट धेरै मानिसहरु लाई पलायन गराइसकेको छ। शिक्षा आर्जन, अर्थोपार्जन र बिबिध अबसरका श्रोतहरुको अभावले गर्दा धेरै मानिस हरु बिदेशमा छन भने कोहि रिडि भन्दा बाहिर छन। शिक्षित, युवा र सम्भ्रान्त बर्ग अहिले रिडिमा निकै कम छ। यसै कारण पनि रिडिको बिकासले तिब्रता पाउन सकेको छैन। अबसरकै कमिले गर्दा नया पुस्तामा रिडि प्रती नैरास्यता छ।

तर अब भने रिडि जुरमुराउनु पर्ने बेला आएको छ। यहाको बिकासका लागि अबको पुस्ताले केही न केही त गर्नै पर्ने चुनौती छ। तत्काल यहाको औद्योगिक बिकास निकै कठिन छ, तर अर्को बिकल्प यहाँको धार्मिक पर्यटन हो। यसलाइ प्रवर्द्धन गर्दै धार्मिक पर्यटन भित्राउन सक्ने हो भने यसले रिडि र रिडि वासिको समृद्धिको आधार तय गर्न सक्छ। धार्मिक पर्यटन प्रवर्द्धनका लागि संचार माध्यममा प्रचारप्रसार एउटा बिकल्प हो भने महा यज्ञ जस्ता थुला धार्मिक अनुस्थान गर्न सक्ने हो भने त्यसले यहाको धार्मिक महात्मे लाई त उजागर त गर्ने नै छ भने देश तथा बिदेशमा यहाको महिमा प्रचार प्रसारमा ठुलो भुमिका खेल्ने छ।

तर यज्ञ जस्ता थुला कार्यक्रमहरु सम्पन्न गर्न ठुलो प्रयास, ठुलै सोच भएको ब्यक्ती र समाजको जरुरी छ। यज्ञ भनेको त्याग, बलिदान र शुभकर्मको समस्टिगत स्वरुप हो। यी तिनवटै गुण भएको ब्यक्ती र समाजले मात्र यज्ञ लाई कुशलता पुर्वक सम्पन्न गर्न सक्छ। यश पटक रिडि वासिले यी तीन वटै त्याग, बलिदान र शुभ कर्म लाई आत्म साथ गर्दै यज्ञ गर्ने प्रण गरेका छ्न। बिकास र समृद्धिको लागि यज्ञमा होमिएका रिडि वासिको प्रण लाइ साथ दिन अहिले बाल योगेश्वर महाराज रिडि आउनु भएको छ।

भागवत गिताका अनुशार यज्ञ भनेको परमात्माका लागि गरिने कुनै पनि असल कार्य हो भनेको छ। तर अब को आधुनिक युगमा भने यज्ञको परिभाषा बदल्न पर्छ। धर्म र अध्यात्मकाको माध्यम बाट समाजका लागि गरिने असल कार्य नै यज्ञ हो भनेर परिभाषित गरिनु पर्छ।
नेपालमा यज्ञको ईतिहास हेर्ने हो भने २०४२ सालमा रास्ट्र गुरु योगि नरहरी नाथले पुर्वाञ्चलको कन्काइमा बृहद धार्मिक अनुष्ठान कोटिहोम महा यज्ञको आयोजन गरिएको थियो। यश पछि मात्र कन्काइ लाई धामको रुपमा परिचित गरियो भने कोटि होम क्षेत्र पनि भनिन थाल्यो। यज्ञकै माध्यम बाट यश क्षेत्रमा पाटि, पौवा, धर्मशाला तथा देबि देवताका मन्दिरहरु निर्माण भएका थिए भने यज्ञ पछिनै वार्षिक ५ लाख भन्दा अधिक तिर्थयात्रीहरु त्याहा जान थालेका छन। नेपालमा कन्काइ नै एउटा यस्तो ठाँउ हो जहाँ यज्ञ पछि बिकासको रफ्तारले तिब्रता पाएको थियो।


नेपालमा महायज्ञ लगायतको धार्मिक कर्म बाट समाजिक तथा भौतिक बिकास गर्ने ब्यक्तित्वमा पंडित नारायण प्रसाद पोखेरेलको नाम पनि अग्र पंक्तिमा आउने गर्दछ। उहाँले ११३६ औं भगवत कथा तथा धनधान्यान्चल सम्पन्न गर्दै शिक्षालय, अस्पताल, बृद्धाश्रम, सडक, पुल लगायतका सामाजिक संरचनाहरुको निर्माणमा अत्यन्तै महत्वोपुर्ण योगदान दिनु भएको थियो। यसै क्रममा रुपन्देहीको रामापुर क्याम्पसको कथा वाचन सम्पन्न गरेर गुल्मिकै रानिवासको निर्मणाधिन क्याम्पसको सहयोगार्थ यज्ञका लागि जाने तयारी हुँदै गर्दा उहाँ को रुपन्देहिमा हत्या गरिएको थियो। अहिले उहाँकै सुपुत्र दिन बन्धु द्वारा यश अभियान लाई निरन्तर्ता दिइरहनु भएको छ। यी त केही प्रतिनिधि पात्र र उदाहरण मात्र हुन, नेपालमा धार्मिक अनुष्ठानको माध्याम बाट खोलिदिएका बिकासका ढोकाहरु धेरै स्थानमा छन। तसर्थ यस्ता सम्भवानाहरु रिडिमा हुँदै गरेको महा यज्ञले पनि दिने निस्चित छ।

केहि महिना अघि रिडिमा महा यज्ञ गर्ने चर्चा चल्न थाल्यो। तर धेरैको मनमा लागेको थियो यत्रो यज्ञ जस्तो कार्य कसरि सम्भव हुन सक्ला, गर्न त गरौला तर आर्थिक श्रोत कसरी जुटाउने, आबश्यक जनशक्ती कसरी जुटाउने, कसले गरिदिने, श्रद्धालुहरु कति आउने कति नआउने कहाँ कहाँ बाट आउलान जस्ता जटिल प्रश्नहरु हाम्रा सामु थिए। यिनै प्रश्नहरुका बिचमा उत्तर र समाधानको सुत्र लिएर सन्त बाल योगेश्वोर महाराज रिडि आउनु भयो। उहाको सभगितामा रिडिमा विभिन्न सामाजिक संघांस्थाको सहभागितामा धेरै तहमा, धेरै चरणमा घनिभुत छलफलहरु भए। ती छलफलहरुले अन्तत रिडिमा महायज्ञ गर्ने निर्णय भयो र नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवालिको अध्यक्षतामा यज्ञ मुल आयोजक समिती गठन गरियो। र संगितमय लिलामय श्रीमदभागवत पित्री मोक्ष बिराट ज्ञान महायज्ञ नाम बाट महान अभियानको प्रारम्भ गरिएको थियो। समितिको पहिलो बैठकले भदौ को २८ गते सोह्र श्राद्धेको दिन बाट आश्विन १७ गते सम्म यज्ञ आयोजनाको मिति तय गर्‍यो। र ससक्त रुपमा तयारिमा जुट्यो ।

यसको परिणाम गत भाद्र २८ बाट रिडिमा भब्य रुपमा यज्ञ संचालन भइरहेको छ। यो लेख तयार गर्दा (आश्विन३ ) सम्म करिब २५ लाख रुपैया संकलन भइसकेको छ भने दशौ हजारले यज्ञमा उपस्थिति जनाइसकेको छ। दिन प्रतिदिन उपस्थितिको संख्या बढिरहेको छ। बाल योगेश्वर महाराजको संगितमय र लिलामय श्रीमदभागवतको कथा वाचनले उपस्थित श्रद्धालुहरु लाइ मनोरञ्जन गराउदै दिइएको धार्मिक ज्ञानले पुन्य प्राप्तिको महसुस गराएको छ। अर्को तर्फ यज्ञको मुख्य आकर्षण सन्ध्या कालमा गरिने गंगा आरतीले धेरैको मन जितिरहेको छ भने निकै चर्चा पनि बटुलिरहेको छ। काशी बनारस र पशुपतिनाथमा झै गरिने भब्य गंगा आरतिमा उल्लेख्य संख्यामा दर्शनार्थिहरु सहभागी हुने गरेका छ्न। बाहिर बाट रिडि आउने धार्मिक पर्यटक तथा तिर्थालुहरु यो सन्ध्याकालिन आरती हेरेर मात्र रिडि बाट फर्कने गरेका छन।


अब महा यज्ञ सफलताको शिखर तर्फ अघि बढ्दै गर्दा यसले वर्तमान र भबिश्यमा दिने परिणामहरुको कल्पना रिडि वासिले गर्न थालेका छन। यज्ञको आरम्भ संगै रिडिमा बढ्न थालेको श्रद्धालुहरुको घुँइचोले यहाँको ब्यापार ब्यबसाय संगै स्थानिय आर्थिक गतिबिधिहरु उल्लेखरुपमा बढ्न थालेको छ, यो तात्कालिक फाइदा हो, अर्को आर्थिक श्रोत साधनले सम्भव भए यज्ञ बाट संकलित श्रोत बाट नेपालमै ठूलो संख निर्माण गर्ने, शबदाह स्थल लगायतका भौतिक संरचनाहरु निर्माण गर्ने लक्ष राखिएको छ। यो यज्ञको अर्को त प्रतिफल सायद यहि संरचनाको निर्माण हुने छ जसले स्थानिय र वाहय लाई सकारात्मक सन्देश प्रवाह गर्ने छ भने दिर्घकालमा यज्ञ मार्फत यश क्षेत्रको महिमा देश तथा बिदेशमा प्रवर्धित भइ रिडिमा धार्मिक पर्यटनको आगमन बढ्ने रिडि वासिको अपेक्षा रहेको छ।

अन्त्यमा महा यज्ञ रिडिको बिकास र समृद्धी मुल आधार बन्ने रिडि वासिले अपेक्षा गरेका छन, जसका लागि तन,मन र धनले सक्दो सहयोग गर्दै महायज्ञमा रिडिवासी होमिएका छ्न, जसलाई सहयोग गर्नु हामिसबैको अहं कर्तब्य हो।

तपाईको प्रतिक्रिया दिनुहोस्