fbpx

रिडिमा आरिङ्गालले टोकेर एक जनाको मृत्यु, २ घाइते

रिडि,आश्विन५। रिडिमा आज बिहान आफ्नै घर अघि अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन। रिडिको बिरुवा फाँटमा अचानक धेरै आरिङ्गाहरुले टोक्दा १२ बर्षिय पवन अधिकारिको मृत्यु भएको हो। घटना घटे लगत्तै रिडिको हेल्थ सेण्टरमा लगिएकोमा त्यहा उपचार सम्भव नभए पछि पाल्पा रिफर गरिएको थियो। तर उनको बाटैमा मृत्यु भएको मिशन अस्पतालले जनाएको छ। घटना स्थलमा उनलाइ बचाउन जाने क्रममा मृतक पवनकि आमा पबित्रा अधिकारी तथा छिमेकि भवानी राणा लाई पनि करिब ४/५ वटा अरिङ्गालले टोके पछि घाइते भएका छन। उनिहरु लाई स्थानिय स्वस्थ्य केन्द्रमा उपचार पछी घर फर्काइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्