fbpx

रिडिका सफाइ वाला दाइ

पृष्ठभुमिमा देखिनु भएको ब्यक्ती रिडिका सफाइ वाला दाइ अर्थात धर्म बहादुर घर्ति हुन। उहाँ बिहानै ५ बाजे बाट रिडि बजारको सफाइमा जुट्नु हुन्छ। रिडिमा समस्याको रुप लिएको छाडा गाईले प्रत्येक दिन रिडि बजार को चोक तथा गल्लिहरुमा शौच गरेर फोहर गर्ने गर्दछ। जथाभावी हुने गाइको शौचले रिडि बजार फोहर त हुने नै भयो साथै यसका कारण बिभिन्न दुर्घटना समेत हुनेगरेको छ। यहि समस्या आज भोलि सफाइवाला दाइ धर्म बहादुरका कारण समाधान भएको छ। यश वापत वडा कार्यलय रिडिले उहाँ लाई मासिक ६ हजार रुपैया आर्थिक सहयोग गर्दै आएको छ भने आउँदा दिनहरुमा उहाँको यो कर्म लाई साथ दिइरहने वडाध्यक्ष राम लाल बिकले बताउनु भएको छ। त्यस्तै सप्तचण्डी महिला समूह कि अध्यक्ष धना रानाले उहाँ लाई निकै सहयोग गर्दै आइरहनु भयेको उहाँ स्वयंले बताउनु भएको छ। बिहानै उठेर उहाँले रिडिको माथिल्लो बसपार्क देखि कालिगण्डकी किनार लामोचौपारी सम्म गाइको गोबर उठाउनुका साथै बजार क्षेत्रका फोहर हरु संकलन गरेर रिडि बजार लाई सफा राखेको समूह कि अध्यक्ष रानाले बताउनु भयो।

धर्म बहादुर घर्तिको खास घर गुल्मिको धुर्कोट नयागाँउ हो। उहाँ बिगत ५ बर्ष देखि रिडिमा हुनु हुन्छ भने उहाँ एक बर्ष अघि बाट यो पेशामा संलग्न हुनुभएको हो। रिडि बजारको सरसफाइ लाई आफ्नो मुख्य पेशा बनाउनु भएको घर्ती लाई भने ६ हजारको मासिक तलबले जिबिकोपार्जन गर्न निकै कठिन भएको बताउनु हुन्छ। तथापि फुर्सदको समयमा अन्य कामहरु गरेर जिबिकोपार्जन गर्दै आउनु भएको छ। उहाँ सङै उहाँको श्रीमतीले समेत श्रम गरेर धर्म दम्पतिले जनतन गुजारा चल्दै आएको बताउनु भयो। यश संबन्धमा वडाध्यक्ष राम लाल बिकले वडामा बजेत सिमित भएका कारण उहाँको लागि पर्याप्त तलबको ब्यबस्था गर्न कठिन भएको बताउनु भएको छ।
धुर्कोट घर भएर पनि सफा रिडिका लागि यसरि खटिनु उहाँको प्रेरणादायी सुकर्म हो। सिमित श्रोत साधनका वाबजुद पनि बजारको सरसफाइमा तल्लीन हुनु भएका सफाइ वाला दाइ हामिसबैका लागि सम्माननिय ब्यक्ती हुनुहुन्छ। उहाको हौशलाका लागि हामी सबैले ब्यक्तिगत तथा समुहगत रुपमा उहाँ लाई सहयोग गर्न सक्ने हो भने हामी पनि धन्य हुने थियौ।

तपाईको प्रतिक्रिया दिनुहोस्